नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
दोलखामा बढी भाडा असुल्ने २० वटा सवारी साधन कारबाहीमा
दोलखामा बढी भाडा असुल्ने २० वटा सवारीसाधन कारबाहीमा
थाङमिचागु डटकम संवाददाता

चरिकोट, असोज २०।
चाडपर्वमा यात्रुहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न दोलखा जिल्लामा सवारी साधनको अनुगमन कडाइ गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले संयुक्त रूपमा चरिकोट क्षेत्रमा सार्वजनिक सवारीसाधनको अनुगमन थालेका हुन्। यात्रुवाहक बसहरूले तोकिएको भन्दा बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, भीडभाड गर्ने वा नियम उल्लङ्घन गर्ने कार्य रोक्ने उद्देश्यले अनुगमन गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी प्रमुख ठाकुर प्रसाद भट्टराईका अनुसार अनुगमनका क्रममा २० वटा सवारीसाधनलाई बढी भाडा असुल्ने कार्यमा संलग्न भएको भन्दै कारबाही गरिएको छ।
बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा नआएकाले हाल खुर्कोट–मन्थली–चरिकोट हुँदै खाँडीचौर जोड्ने वैकल्पिक मार्ग प्रयोगमा आएको छ। यात्रुको चाप बढेसँगै प्रशासनले अनुगमनलाई थप तीव्र पारेको हो।
यसैबीच, प्रमुख जिल्ला अधिकारी भोला दाहाल आफैं यात्रु बनेर छड्के अनुगमनमा सहभागी भएका थिए। अनुगमनका क्रममा काठमाडौं जाने सवारीका सहचालकले यात्रुहरूसँग रु. १,००० सम्म भाडा मागेको फेला परेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।
प्रशासनले चाडपर्वका समयमा यात्रुहरूलाई तोकिएको भन्दा बढी भाडा नतिर्न र कुनै समस्या परेमा तत्काल प्रहरी वा प्रशासनलाई जानकारी गराउन आग्रह गरेको छ।





