राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
इराकमा सम्पन्न भव्य सांस्कृतिक धमाका : राष्ट्रिय कलाकारको प्रस्तुति र प्रवासी नेपालीहरूको ऐक्यबद्धता
इराकमा सम्पन्न भव्य सांस्कृतिक धमाका : राष्ट्रिय कलाकारको प्रस्तुति र प्रवासी नेपालीहरूको ऐक्यबद्धता
थाङमिचागु डटकम संवाददाता

सरिता बल तामाङ
गैर आवासीय नेपाली समन्वय परिषद् (NRNA NCC IRAQ) को विशेष पहलमा इराकको राजधानी बग्दादमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमले प्रवासी नेपालीबीच आत्मीयता, सांस्कृतिक चेतना र ऐक्यबद्धताको नयाँ ऊर्जा प्रवाहित गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको अध्यक्षता NRNA NCC IRAQ का अध्यक्ष बिनोद श्रेष्ठले गर्नुभयो भने प्रमुख अतिथिको रूपमा नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष अर्जुन कुमार तामाङ उपस्थित हुनु भयो। समारोहको संयोजन वरिष्ठ उपाध्यक्ष निम दोर्जे शेर्पाले गर्नुभयो भने सह–संयोजक इन्द्र बहादुर श्रेष्ठ रहनुभएको थियो।
सांस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोकगायक प्रसान तामाङले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेर उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाउनुभयो। साथै, इराकस्थित नेपाली कलाकारहरूको धमाकेदार प्रस्तुति पनि कार्यक्रमको विशेष आकर्षण बनेको थियो।
विभिन्न संघ–संगठनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा संचारकर्मी तथा पत्रकारहरूको सक्रिय सहभागिताले यसलाई अझ व्यापक बनाउन सहयोग पुर्यायो।
आयोजक समितिले यस्ता सांस्कृतिक कार्यक्रमहरूले प्रवासी नेपालीहरूको साझा घर र पहिचानलाई मजबुत बनाउने बताएका छन्। उनीहरूको भनाइमा, सांस्कृतिक कार्यक्रम केवल मनोरञ्जन मात्र नभई आफ्नो मौलिकता, परम्परा र पहिचानलाई प्रवासमा जोगाउने महत्वपूर्ण माध्यम हो।
यस भव्य सांस्कृतिक भेलाले इराकस्थित नेपाली समुदायलाई अझ नजिक ल्याउँदै सामाजिक एकता र सांस्कृतिक विविधतालाई सुदृढ पार्ने ऐतिहासिक योगदान गरेको सहभागीहरूले बताएका छन्।




