मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
बाढीपहिरोको जोखिम : सरकारले यसपटक सचेत कदम चाल्यो
बाढीपहिरोको जोखिम : सरकारले यसपटक सचेत कदम चाल्यो
थाङमिचागु डटकम संवाददाता

काठमाडौं – मौसमविग्य हरुले यसपटक ठूलो पानी पर्छ भनेर अनुमान गरेपछि जोखिम हुन सक्ने राजमार्गहरूमा राति गाडी चलाउनै बन्द गरेको छ। प्रधानमन्त्री कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गर्दै सूचना जारी गरे।
नागढुंगाबाट बाहिर निस्किने गाडीलाई ट्राफिक प्रहरीले यात्रामा सावधानी अपनाउन अनुरोध गरिरहेको छ भने, जिल्ला प्रशासन कार्यालयहरूले अनावश्यक यात्रा नगर्न सुझाएका छन्। चोभार गल्छी क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले स्वयम् निरीक्षण समेत गरेका छन्।
बिभिन्न ठाउँमा बाढी–पहिरोको जोखिम हुन सक्ने भन्दै प्रहरीहरूले सतर्क रहन माइकिङ गर्दै आएका छन्। गृह मन्त्रालयले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धारका सामग्री तयारी अवस्थामा राखिएको जनाएको छ। त्यस्तै, मोबाइल कल गर्दा समेत बाढी/पहिरोसम्बन्धी सूचना बज्ने व्यवस्था मिलाइएको छ।
गत वर्ष बाढीपहिरोमा २०० भन्दा बढी नेपालीले ज्यान गुमाएको ताजै स्मरण गर्ने हो भने, यसपटक सरकारको यस्तो तयारी देख्दा “जनताको लागि सरकार काम गरिरहेको छ” भन्ने सन्देश गएको छ। यद्यपि प्राकृतिक विपत्ति रोक्न सकिँदैन, तर तयारी र सतर्कताले क्षति कम गर्न सकिने विशेषज्ञहरूको भनाइ छ।





