दोलखामा प्रदेश सरकारको बोर्ड राजनीति सेवा भने ठप्प
2026-09-08भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा
2026-09-08
दूतावास र प्रवासी नेपाली मञ्चको सहयोगमा चौधरी स्वदेश फिर्ता
दूतावास र प्रवासी नेपाली मञ्चको सहयोगमा चौधरी स्वदेश फिर्ता
समाचार | अन्तर्राष्ट्रिय | मलेसिया विशेष
By थाङ्मीचागु डटकम
२०८२ भाद्र २०, शुक्रबार
क्वालालम्पुर। नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाको समन्वय र प्रवासी नेपाली मञ्च राष्ट्रिय समिति मलेसियाको टिकट सहयोगमा चितवन खैरहनी नगरपालिका–१२ कपियाका अमिर चौधरी स्वदेश फर्किएका छन्।
चौधरी करिब तीन महिना अघि अध्यागमन विभागको अनुसन्धानका क्रममा पक्राउ परी घर फिर्ती केन्द्रमा रहेका थिए। पारिवारिक अवस्था नाजुक भएकाले स्वदेश फर्काउन सहयोग गर्नुपर्ने अनुरोध आएपछि प्रवासी नेपाली मञ्चले टिकट उपलब्ध गराएको मञ्चका सचिव कृष्ण खड्काले जानकारी दिनुभयो।
यस प्रक्रियामा नेपाली राजदूतावासले आवश्यक कागजात तयार गर्ने र स्वदेश फिर्ती प्रक्रिया सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। दूतावास र मञ्चबीचको सहकार्यकै परिणामस्वरूप चौधरीलाई आज स्वदेश फर्काउन सकिएको हो।





