राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
मलेसियामा नेपाली सुरक्षा गार्डको साहस : चोर पक्राउ, प्रहरीबाट प्रशंसा पत्र
मलेसियामा नेपाली सुरक्षा गार्डको साहस : चोर पक्राउ, प्रहरीबाट प्रशंसा पत्र
By थाङ्मीचागु संवाददाता
२०८२ भाद्र २०, शुक्रबार
जोहोर बारु (मलेसिया) । मलेसियाको जोहर बारुस्थित AT Guards Security Service मा कार्यरत नेपाली सुरक्षाकर्मीहरूले फेरि एक पटक आफ्नो शौर्य र बहादुरी देखाएका छन्।
धेरै दिनदेखि स्थानीय बासिन्दालाई आतंकित पार्दै पटक–पटक चोरी गर्ने साहसी तर खतरनाक चोरलाई उनीहरूले सामूहिक अभियानमार्फत नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन्।
यस घटनाले नेपाली सुरक्षा गार्डहरूको निडरता, तत्परता र जिम्मेवारीप्रतिको अटल प्रतिवद्धता उजागर गरेको छ। चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन उनीहरूले देखाएको साहस र संयमलाई जोहर बारु प्रहरी प्रशासनले उच्च मूल्याङ्कन गर्दै प्रशंसा पत्र (Certificate of Appreciation) समेत प्रदान गरेको हो।
समारोहकै बीचमा नेपाली सुरक्षा गार्डहरूलाई सम्मान गरिँदा उपस्थित समुदायले पनि खुशी व्यक्त गर्दै भने, “नेपालीहरू जहाँ पुगे पनि साहस, इमानदारी र निष्ठाका लागि परिचित हुन् ।




