दोलखामा प्रदेश सरकारको बोर्ड राजनीति सेवा भने ठप्प
2026-09-08भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा
2026-09-08
श्री कालिन्चोक मा.बि थाङ्मीचागुमा सामाजिक लेखापरीक्षण तथा सम्मान कार्यक्रम सम्पन्न
विद्यालयमा सामाजिक लेखापरीक्षण तथा सम्मान कार्यक्रम सम्पन्न
२०८२ भाद्र २०, शुक्रबार
बिगु, दोलखा ।
बिगु गाउँपालिका–८ स्थित हाम्रो विद्यालयमा आयोजित सामाजिक लेखापरीक्षण कार्यक्रम, SEE विद्यार्थी सम्मान तथा शिक्षक सम्मान कार्यक्रम आज अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।
यस कार्यक्रममा विद्यालय परिवार, विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय प्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले विद्यालयको शैक्षिक वातावरणलाई अझ सबल बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि बिगु गाउँपालिकाका अध्यक्ष ज्यु हुनुहुन्थ्यो भने विशेष अतिथिमा बिगु गाउँपालिकाका उपाध्यक्ष ज्यु तथा वडा नं. ८ का अध्यक्ष ज्यु उपस्थित रहनुभएको थियो।
विद्यालय परिवारले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, सहयोग र उपस्थिती जनाउने सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।
विद्यालय परिवारको तर्फबाट सम्पूर्ण अतिथि, सरोकारवाला, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई हार्दिक आभार व्यक्त गरिएको छ।
रिपोर्टिङ : थाङ्मीचागु डटकम





