बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
2026-09-10ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
2026-09-10
प्रथम NRNA Johor Cup 2025 : मकालु FC विजेता, सिमानो FC उपविजेता
प्रथम NRNA Johor Cup 2025 : मकालु FC विजेता, सिमानो FC उपविजेता
रिपोर्टिङ : थाङ्मीचागु डटकम
जोहोर, मलेसिया
एनआरएनए जोहोरको आयोजनामा पहिलो पटक गरिएको प्रथम NRNA Johor Cup 2025 भव्य उत्सवजस्तै वातावरणमा सम्पन्न भएको छ । फुटबललाई माध्यम बनाएर प्रवासी नेपालीबीच आपसी एकता र मैत्रीपूर्ण सम्बन्ध बढाउने उद्देश्यका साथ आयोजना गरिएको यो प्रतियोगिताले ठूलो सफलता हात पारेको छ ।
रोमाञ्चक फाइनल खेलमा मकालु FC विजयी हुँदै पहिलो जोहोर कपको उपाधि उचाल्न सफल भयो भने सिमानो FC उपविजेता बन्यो । मैदानमा दर्शकहरूको हुटिङ, खेलाडीहरूको जोश र प्रतिस्पर्धात्मक खेलकुदले सम्पूर्ण वातावरणलाई ऊर्जा र उमंगले भरिएको बनायो ।
कार्यक्रमको अध्यक्षता NRNA Johor का अध्यक्ष वेदना श्रेष्ठले गर्नुभयो । प्रमुख अतिथिका रूपमा NRNA मलेसियाका अध्यक्ष राकेश महत्व उपस्थित हुनुहुन्थ्यो भने RTFC का अध्यक्ष एवं NRNA मलेसियाका वरिष्ठ अध्यक्ष राजु तामाङ विशिष्ट अतिथि हुनुहुन्थ्यो । साथै विभिन्न संघसंस्था, मिडिया प्रतिनिधि र हजारौं दर्शकहरूको उपस्थितिले कार्यक्रमलाई अझ भव्य र ऐतिहासिक बनायो ।
कार्यक्रमको आकर्षक सञ्चालन NRNA Johor का सचिव छबिलाल गिरीले गर्नुभएको थियो ।
सहभागीहरूको भनाइमा, जोहोर कपले खेलमाध्यममार्फत नेपाली समुदायबीचको एकता, मित्रता र सांस्कृतिक सम्पर्कलाई अझ प्रगाढ बनाएको छ ।
थाङ्मीचागु डटकम





