मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
एनआरएनए मलेसियाको युवा उपाध्यक्ष पदमा मार्तिका खतिवडाको उम्मेदवारी घोषणा
एनआरएनए मलेसियाको युवा उपाध्यक्ष पदमा मार्तिका खतिवडाको उम्मेदवारी घोषणा
अगस्ट २७, २०२५ | क्वालालम्पुर – गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन आउँदो अगस्ट ३१ मा सम्पन्न हुने तय भएपछि संघभित्र नेतृत्व चयनको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ। यसैक्रममा लामो समयदेखि समाजसेवामा सक्रिय रहिएकी मार्तिका खतिवडाले युवा उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छन ।
खतिवडा करिब डेढ दशकदेखि मलेसियामा रहँदै आएकी नेपाली श्रमिक समुदायभित्र परिचित नाम हुन्। विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध हुँदै उनले नेपाली श्रमिकको हकहित, समस्या समाधान र आकस्मिक अवस्थामा सहयोग उपलब्ध गराउने काममा निरन्तर सक्रियता देखाएकी छन्। वैदेशिक रोजगारीका क्रममा उत्पन्न हुने चुनौतीलाई नजिकबाट अनुभव गरेकी खतिवडा समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहेर समस्याको समाधानमा जुटिरहेकी छन।
युवा पुस्ताप्रति विशेष दृष्टिकोण राख्दै खतिवडाले आफ्नो उम्मेदवारीलाई ‘युवा–केन्द्रित नेतृत्व’का रूपमा प्रस्तुत गरेकी छन्। उनका अनुसार, “एनआरएनए मलेसियाको भविष्य युवाको सक्रियता र सहभागितामाथि टेकेको छ। संगठनलाई सुदृढ बनाउन युवाबीच एकता, सहयोग र सीप विकासलाई प्राथमिकतामा राखिनुपर्छ।”
उनले आगामी कार्यकालमा मलेसियामा रहेका नेपाली युवाको क्षमता र ऊर्जा समाज तथा संस्थागत विकासमा उपयोग गर्ने स्पष्ट अठोट व्यक्त गरेकी छन।
खतिवडाको व्यक्तित्वलाई सहयोगी, मिलनसार र जिम्मेवार नेतृत्वको रूपमा मूल्यांकन गर्ने समुदायभित्रका आवाजहरू प्रष्ट देखिन्छन्। उनका समर्थकहरूले “मार्तिका खतिवडा वास्तविक रूपमा श्रमिक र युवाको आवाज बोकेकी उम्मेदवार हुन्” भन्दै उनको उम्मेदवारीलाई सशक्त समर्थन गरेका छन।
एनआरएनए मलेसियाको नवौं महाधिवेशन नजिकिँदै गर्दा मार्तिका खतिवडाको उम्मेदवारीले संगठनमा महिला नेतृत्वको सम्भावना मात्र उजागर गरेको छैन, बरु युवापुस्ताको प्रतिनिधित्वलाई समेत सशक्त रूपमा अघि सारेको छ। अब महाधिवेशनको परिणामले उनको राजनीतिक–संगठनात्मक यात्रामा नयाँ अध्याय थप्नेछ वा भन्ने प्रश्नमा समुदायको ध्यान केन्द्रित भएको छ।





