मलेसियामा एनआरएनए अध्यक्षका लागि इन्द्र नारायण लिम्बू मैदानमा ।।।

0Shares

मलेसियामा एनआरएनए अध्यक्षका लागि इन्द्र नारायण लिम्बू मैदानमा

थाङ्मीचागु डटकम ११ भदौ २०८२

गैर आवासीय नेपाली संघ मलेसियाको नवौं अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा सुरु भएको छ। यसै क्रममा इन्द्र नारायण लिम्बूले २०२५/२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

संघको स्थापना कालदेखि नै विभिन्न पदीय जिम्मेवारी सम्हाल्दै आएका लिम्बूले मलेसियामा लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रियता जनाउँदै आएका छन्। देशमा विपत् परेका बेला सहयोग पुर्‍याउनेदेखि मलेसियामा रहेका श्रमिक वर्गका समस्याहरु समाधान गर्नसम्म उनले उल्लेखनीय भूमिका खेलेका छन्।

लामो अनुभव र कार्यकुशलताका आधारमा आफू अध्यक्ष पदका लागि सक्षम उम्मेदवार भएको दाबी गर्दै लिम्बूले सामाजिक सद्भाव, मिलाप र श्रमिक समस्याका समाधानलाई प्राथमिकता दिने कार्यनीति सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्। साथै, उनले आगामी अधिवेशनमा सबैलाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *