बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
2026-09-10ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
2026-09-10
बाढीले दोलखाका दुई जलविद्युत आयोजनामा क्षति
बाढीले दोलखाका दुई जलविद्युत आयोजनामा क्षति
थाङमिचागु डटकम संवाददाता

दोलखामा निर्माणाधीन दुई जलविद्युत आयोजना बाढीका कारण क्षतिग्रस्त भएका छन्। विगू गाउँपालिका–८ मा निर्माणाधीन २५ मेगावाट क्षमताको जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको छ। निर्माणको अन्तिम चरणमा पुगेको यो आयोजना अब तोकिएको समयमै विद्युत उत्पादन गर्न नसक्ने भएको छ।
कालिञ्चोक गाउँपालिका–१ र थामीचागुबाट बग्ने सोरुङ खोलामा आएको बाढीले २० मेगावाटको साँघु खोला जलविद्युत आयोजना र ५ मेगावाटको कालिञ्चोक जलविद्युत आयोजनामा क्षति पुर्याएको हो।
हिमपर्वत हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित साँघु खोला आयोजनाको पेनस्टक पाइप र टेलरेसमा क्षति पुगेको अध्यक्ष हिमाल गुरुङले जानकारी दिनुभयो। आयोजनाले साउन महिनाभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य राखेको भए पनि बाढीले त्यो योजना प्रभावित भएको उहाँले बताउनुभयो।
त्यस्तै, कालिञ्चोक हाइड्रोपावरको हेडवक्स, इन्टेक, बाँध र बालुवा थिग्याउने पोखरीमा समेत बाढीले क्षति पुर्याएको छ। केही पेनस्टक पाइपसहित निर्माण सामग्री बगाएको जनाइएको छ।
कालिञ्चोक हाइड्रोपावरकी अध्यक्ष इन्दिरा पन्तका अनुसार आउँदो वर्षाअघि विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि अब कार्य सार्नुपर्ने अवस्था आएको छ। खोलामा पानीको बहाव अझै बढिरहेकोले क्षतिको विस्तृत लगत संकलनमा समेत कठिनाइ भएको बताइएको छ।
बाढीका कारण आयोजनातर्फ जाने सडक मार्गसमेत अवरुद्ध भएको जनाइएको छ।





