मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
नेपाल आदिवासी जनजाति महासंघ क्षेत्रीय समिति जोहोरको प्रथम बैठक सम्पन्न, महत्वपूर्ण निर्णयहरू पारित
नेपाल आदिवासी जनजाति महासंघ क्षेत्रीय समिति जोहोरको प्रथम बैठक सम्पन्न, महत्वपूर्ण निर्णयहरू पारित
जोहोर, मलेसिया | मिति: १३ जुलाई २०२५, आइतबार — नेपाल आदिवासी जनजाति महासंघ क्षेत्रीय समिति जोहोरको नवगठित कार्यसमितिको प्रथम बैठक संघका केन्द्रीय अध्यक्ष श्री सन्तोष ठान्टी थाङ्मी ज्युको अध्यक्षतामा जोहोरबारुमा सम्पन्न भएको छ।
बैठकमा विभिन्न नीतिगत विषयमा छलफल गर्दै संघको आगामी संरचना, कार्यक्रम र आन्तरिक सुदृढीकरणको सन्दर्भमा चारवटा प्रस्तावहरू पारित गरिएको थियो। बैठकको वातावरण अत्यन्त सकारात्मक, सहभागितामूलक र ऐक्यबद्धताले भरिएको थियो।
पदाधिकारीहरूको सक्रिय सहभागिता
बैठकमा निम्न पदाधिकारीहरू तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो:
- अध्यक्ष — सन्तोष ठान्टी थाङ्मी
- वरिष्ठ उपाध्यक्ष — प्रेम श्रेष्ठ
- उपाध्यक्ष — ईश्वर श्रेष्ठ
- सचिव — समिता राई (सञ्जु)
- सहसचिव — मे हाङ ठान्टी थामी
- कोषाध्यक्ष — देविका राई (बिनु)
- सह-कोषाध्यक्ष — देश राना मगर
- युवा संयोजक — सुशील लोप्चन तामाङ
- महिला संयोजक — रोश्नी घले तामाङ
- सदस्यहरू — सोम मगर, रोसन तामाङ (सुप्रिम), प्रज्वल हार्बा थामी, सशिकला राई, ओम थामी
सल्लाहकार तथा अतिथिहरूको उपस्थिति
बैठकमा निम्न सल्लाहकारज्यूहरूको समेत सहभागिता थियो:
- मंगल दोङ तामाङ
- तिपेन्द्र बुढा मगर
- नवराज रुम्बा तामाङ
त्यसैगरी, अतिथि र पाहुनाहरूमा पत्रकार श्री सुमन विश्वकर्मा, श्रीमती सरस्वती तामाङ, र श्री असिम तामाङको उपस्थिति उल्लेखनीय रह्यो।
बैठकले पारित गरेका प्रस्तावहरू
प्रस्ताव नं. १ — नियमित बैठकको व्यवस्था
त्रैमासिक भौतिक बैठक हरेक तीन महिनाको दोस्रो आइतबारको दिन बस्ने र मासिक बैठक अनलाइन माध्यममार्फत सञ्चालन गरिने सर्वसम्मत निर्णय गरियो।
प्रस्ताव नं. २ — लेभी सङ्कलन
संघको आर्थिक स्रोत सुदृढ गर्न प्रत्येक सदस्यबाट मासिक RM 10 लेभी सङ्कलन गर्ने र सो रकम केन्द्रीय कोषमा जम्मा गरिने निर्णय गरियो।
प्रस्ताव नं. ३ — रिक्त पदहरूको पूर्ति
नवगठित समितिमा रिक्त रहेका केही पदहरूमा सर्वसम्मत चयन गरियो:
- वरिष्ठ उपाध्यक्ष — प्रेम श्रेष्ठ
- युवा संयोजक — सुशील लोप्चन तामाङ
- महिला संयोजक — रोश्नी घले तामाङ
प्रस्ताव नं. ४ — विविध विषय
विविध बुँदाहरूमा संगठन विस्तार, सदस्यता अभियान, सांस्कृतिक गतिविधि, सञ्चार सञ्जाल सुदृढीकरण, र प्रवासी भूमिमा आदिवासी जनजाति पहिचान संरक्षणका विषयमा छलफल भयो।
अध्यक्षको धारणा र निष्कर्ष
कार्यक्रमका अध्यक्ष श्री सन्तोष ठान्टी थाङ्मीले थाङ्मी डट कमलाई जानकारी दिँदै भन्नुभयो,
“यो बैठक केवल सुरुवात हो, अब हाम्रो लक्ष्य नीति, पहिचान र सशक्त संगठनको मार्गमा संगठित रुपमा अघि बढ्नु हो।”
उहाँले समस्त सदस्यहरूलाई एकताबद्ध भई संघको लक्ष्य प्राप्तिमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै भविष्यमा जोहोर क्षेत्रलाई आदिवासी जनजाति आन्दोलनको एक सबल केन्द्रका रूपमा विकास गर्ने अठोट व्यक्त गर्नुभयो।
सम्पर्क:
नेपाल आदिवासी जनजाति महासंघ क्षेत्रीय समिति, जोहोर
थाङ्मीचागु डट कम – आधिकारिक मिडिया साझेदार





