मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
महिला काण्डदेखि उधारो सुनसम्म– विवादै विवादमा लहानका उपमेयर रामचलितर महतो ।।।
महिला काण्डदेखि उधारो सुनसम्म– विवादै विवादमा लहानका उपमेयर रामचलितर महतो ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद अविरल, आषाढ १६, लहान ।
सिरहा जिल्लाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो पछिल्ला दिनमा निरन्तर विवादमा मुछिँदै गएका छन् । जनताको अमूल्य मतले जितेर ल्याइएको जनप्रतिनिधि विवादास्पद निर्णय र व्यवहारका कारण आलोचनाको शिखरमा पुगेका छन् । सार्वजनिक पदको गरिमा भुलेर उनले पटक–पटक गरेका क्रियाकलापले जनविश्वास धराशायी बनिरहेको छ ।
उपमेयर पदमा निर्वाचित भएको केही समय नबित्दै उनले जागिर दिने प्रलोभन देखाएर एक महिलामाथि दुर्व्यवहार गरेको आरोप लाग्यो । उक्त घटनाले उनी प्रहरी अनुसन्धानको घेरामा समेत परेका थिए । जनदबाब चुलिएपछि केही समय उनले पदबाट ‘विराम’ लिएका थिए । तर, त्यो घटना सेलाउन नपाउँदै फेरि उनले अर्को विवाद जन्माएका छन् ।
पछिल्लो समय उनले लहान ७ का एक सुन व्यवसायीसँग १.५ तोला सुन लिएको तर लामो समय बित्दासमेत त्यसको रकम नतिरेको भन्ने उजुरी नगरपालिकामा दर्ता भएको छ । विकास ट्रेडर्स नामक सुन पसलले दिएको निवेदनमा उपमेयर महतोले दुई लाख एकावन्न हजार चार सय तीस रुपैयाँ बराबरको सुन उधारोमा लिएर फिर्ता नगरेको उल्लेख गरिएको छ । जनप्रतिनिधिबाटै यसरी उधारोमा सामान लिएर रकम नतिर्ने व्यवहारप्रति व्यापारी वर्ग पनि आक्रोशित देखिन्छ ।
एकपछि अर्को विवादमा मुछिएका महतोको व्यवहारले नगरवासी निराश छन् । भर्खरै सम्पन्न लहान नगरपालिकाको १६औं नगरसभामा समेत उनको समर्थनमा कुनै सदस्य नउभिनु आफैमा स्पष्ट सन्देश हो । जनप्रतिनिधिले सार्वजनिक मञ्चमा जनताको मुद्दा उठाउनु पर्ने बेला उनी समाधानको बाटो खोज्न नगरसभामा उपस्थित हुनेभन्दा अदालतको शरण लिनु आफैमा शंकास्पद ठहरिएको छ ।
स्थानियहरूले आरोप लगाइरहेका छन् कि उपमेयर महतो जनप्रतिनिधिको हैसियतमा नभई, व्यक्तिगत फाइदाको लागि पदीय शक्तिको दुरुपयोग गर्दै आइरहेका छन् । यसरी निरन्तर विवादमा मुछिनु र कानुनी मर्यादालाई तिलाञ्जली दिइनुले लहान नगरपालिकाको गरिमा समेत खल्बल्याएको छ ।
अहिले उनको राजनीतिक भविष्य र पद दुवै संकटमा परेको प्रष्ट देखिन्छ । यदि समयमै सुधार र जवाफदेहीता नदेखाए, उपमेयर महतोले आफ्नो बाँकी कार्यकाल पनि विवाद र बदनामीमै बिताउने सम्भावना बढेको छ ।





