मधेसको मसीहा” उपेन्द्र यादव: मधेस आन्दोलनका अगुवा नेता

0Shares

मधेसको मसीहा” उपेन्द्र यादव: मधेस आन्दोलनका अगुवा नेताकाठमाण्डौ, असार १६ गते।

थाङमिचागु डटकम संवाददाता

नेपालको समकालीन राजनीतिमा मधेसवादी धारको नेतृत्व गर्दै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई “मधेसको मसीहा” का रूपमा चिनिन थालिएको छ।

२०६३/६४ सालको मधेस आन्दोलनको अग्रपङ्तिमा रहेर उपेन्द्र यादवले लाखौं मधेसी जनताको आवाजलाई राष्ट्रिय स्तरमा पुर्‍याएका थिए। मधेसको अधिकार, स्वायत्तता, समानुपातिक सहभागिता र संघीयताको पक्षमा आवाज उठाउँदै उहाँले निरन्तर संघर्ष गर्दै आउनुभएको छ।

पूर्व स्वास्थ्यमन्त्री तथा उपप्रधानमन्त्री समेत रहनुभएका यादवले संविधान निर्माण प्रक्रिया र राजनीतिक रुपान्तरणमा निर्णायक भूमिका खेलेका थिए।

उहाँले मधेस मात्र नभई दलित, जनजाति, मुस्लिम, थारू लगायतका उत्पीडित वर्गका अधिकारका लागि समेत निरन्तर आवाज उठाउँदै आउनुभएको छ। स्पष्ट विचार, संघर्षशीलता र जनमुखी एजेण्डाले उनलाई नेपाली राजनीतिमा अलग पहिचान दिलाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, “मधेसको सवाललाई राष्ट्रिय बहसमा पुर्‍याउने व्यक्तिका रूपमा उपेन्द्र यादवको योगदान अविस्मरणीय छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *