राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
“अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीहरूलाई NRNA मलेसियाद्वारा नगदसहित सम्मान”
२४औं अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूलाई NRNA मलेसियाद्वारा सम्मान
९ असार सोमबार २०८२
सम्बादाता थाङ्मीचागु डटकम
मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न २४औं अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूलाई गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् मलेसियाले विशेष सम्मान गरेको छ।
नेपाल सोतोकान कराते डो संघ (SKDUN) अन्तर्गतको टोली जुन २० देखि २२ जुनसम्म आयोजित प्रतियोगितामा सहभागी भएको थियो। उक्त टोलीमा खेलाडी, कोच र रेफ्रीसहित कुल १२ जना रहेका थिए।
प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय रेफ्री चित्र प्रसाद श्रेष्ठ र अंकध्वज परियारले रेफ्रीको भूमिकामा उत्कृष्ट योगदान दिएका थिए। टोली व्यवस्थापकको रूपमा आइतेराम थिङ, कोच दीपक तितुङ, अफिसियलहरू चन्द्रलक्ष्मी धौगोडा र भवानी डंगाल उपस्थित थिए।
खेलाडीहरूमा सृष्टि श्रेष्ठ, बास्नुरी शेर्पा, इशान डंगाल, अनिल ठोकर र क्रिजाङ्गा मिश्र थिए भने टोली सहयोगीको रूपमा मसीनु माया श्रेष्ठ रहेकी थिइन्। प्रतियोगितामा सृष्टि श्रेष्ठ र इशान डंगालले तेस्रो स्थान हात पार्दै नेपालका लागि मेडल जित्न सफल भए। उनीहरूलाई मलेसियन रिंगेट १०० नगदसहित सम्मान गरिएको हो।
सम्मान कार्यक्रम NRNA मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा सचिव विष्णु प्रसाद बराल, सदस्यहरू उमेश महतो र अनिल चौधरीको पनि उपस्थिति रहेको थियो।
headline परिमार्जन गरेर दिनुहोस्




