मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
बेमौसमी तरकारी तथा हाडे बदाम खेतीमा प्राविधिक सहयोग प्रदान
बेमौसमी तरकारी तथा हाडे बदाम खेतीमा प्राविधिक सहयोग प्रदान
थाङमिचागु डटकम संवाददाता

दोलखा — कालिन्चोक गाउँपालिका–१ मा गठन गरिएको आइतबारे कृषि तथा पशुपालन कृषक समूहलाई नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रबाट सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाको सहयोगमा बेमौसमी तरकारी तथा हाडे बदाम खेतीसम्बन्धी प्राविधिक सहयोग प्रदान गरिएको छ।
परियोजनाअन्तर्गत समूहका सदस्यहरूलाई टमाटर, काउली, बन्दा, काक्रो जस्ता तरकारीका बिरुवा वितरण गरिएको छ। साथै, टमाटरको काटछाँट, 3G कटिङ प्रविधिबारे जानकारी, तथा विभिन्न किरा नियन्त्रणका लागि मोहनी पासो प्रयोगसम्बन्धी तालिमसमेत दिइएको छ।
बेमौसमी तरकारी खेतीको अनुगमनका क्रममा प्राविधिकहरूले कृषकलाई व्यावसायिक खेतीमा आवश्यक पर्ने सल्लाह तथा सहयोग उपलब्ध गराएका छन्। यस कार्यक्रमले कृषकहरूलाई आधुनिक तथा प्राविधिक खेतीप्रति अभिप्रेरित गर्दै उनीहरूको आम्दानी वृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।





