दोलखामा प्रदेश सरकारको बोर्ड राजनीति सेवा भने ठप्प
2026-09-08भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा
2026-09-08
Wednesday, September 9, 2026
कालिन्चोकमा कृषक समूहको बैठक सम्पन्न, प्राविधिक सहयोग प्रदान
कालिन्चोकमा कृषक समूहको बैठक सम्पन्न, प्राविधिक सहयोग प्रदान
थाङमिचागु डटकम संवाददाता

कालिन्चोक, असार १ – कालिन्चोक गाउँपालिका–१ मा गठित चुच्चेढुङ्गा कृषि तथा पशुपालन कृषक समूहले मासिक बैठक सम्पन्न गरेको छ। नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत बैठक आयोजना गरिएको हो।
बैठकमा परियोजनाबाट कृषक समूहलाई वितरण गरिएका टमाटर, काउली, बन्दा, काक्रो लगायतका तरकारी बालीका रोग र किरा नियन्त्रण, टमाटरको काटछाँट, 3G कटिङ विधि र मोहनी पासो प्रयोगबारे प्राविधिक सल्लाह र सहयोग प्रदान गरिएको थियो। साथै, बेमौसमी तरकारी खेती र हाडे बदाम खेतीको अनुगमन गरिनुका साथै कृषकलाई आवश्यक प्राविधिक परामर्श समेत दिइएको छ।
क्रिषि प्राविधिक सहयोग असमिता बस्नेतले प्रदान गरेकी थिइन्।





