लहानको समृद्धिको नक्सा कोर्दै अगाडि बढेका मेयर महेश चौधरी : विकासमा कसिंगर बन्ने आफै पाखा लाग्ने निश्चित ।।।

0Shares

लहानको समृद्धिको नक्सा कोर्दै अगाडि बढेका मेयर महेश चौधरी : विकासमा कसिंगर बन्ने आफै पाखा लाग्ने निश्चित ।।।

थाङमिचागु डटकम संवाददाता


सिराहा जिल्लाको ऐतिहासिक शहर लहानलाई नमुना नगर बनाउने अभिभाष बोकेर अघि बढेका लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी अहिलेको समयका सबैभन्दा सक्रिय र जनउत्तरदायी स्थानीय नेतृत्वको उदाहरण बनेका छन् ।

आफ्नो कार्यकालको छोटो समयमै उनले नगरका अधिकांश वडाहरूमा विकासका ठूला र प्रभावकारी कामहरू सम्पन्न गर्दै लहानको समृद्धिको नयाँ अध्याय शुरू गरिसकेका छन् ।

सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, भवन निर्माणदेखि लिएर जनसरोकारका अन्य विविध क्षेत्रमा मेयर चौधरीको नेतृत्वमा भएका विकास योजनाहरू लहान नगरवासीका लागि ऐतिहासिक रुपमा स्मरणीय छन् । विगतका कुनै पनि पालिकाप्रमुखहरूले लहानको विकासमा यति व्यापक र प्रभावशाली कदम चालेको उदाहरण देखाउन कठिन छ ।

शिक्षा क्षेत्रमा क्रान्तिकारी पहल:
नगर क्षेत्रका करिब ८० जना शिक्षकलाई शैक्षिक भ्रमणमा पठाएर सिकाइको गुणस्तर अभिवृद्धि गर्ने कार्यले शिक्षा क्षेत्रमा नवीन अभ्यासको थालनी गरेको छ । यस अभियानले विद्यालय स्तरमै परिवर्तन ल्याउने विश्वास जनाइएको छ ।

लहानको विभिन्न वडाहरूमा स्वास्थ्य चौकीहरू निर्माण र सुधारका काम तीव्र गतिमा भइरहेका छन् । नगरवासीलाई गुणस्तरीय सेवा दिन आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणमा नगर प्रमुखको ध्यान केन्द्रित देखिन्छ ।

पुराना उखालिएका सडकलाई कालोपत्रे गरेर, नयाँ सडक निर्माण गरेर र ढल व्यवस्थापनमा सुधार ल्याएर मेयर चौधरीले लहानको स्वरूप नै परिवर्तन गरिरहेका छन् । यससँगै नगरका बस्तीहरूमा सार्वजनिक भवनहरू, टोल टोलमा सोलार बत्तीहरू, र नागरिक मैत्री पूर्वाधारहरू निर्माण भइरहेका छन् ।

कार्यालयभित्र मात्र सीमित नभई वडावडामा पुगेर जनताको कुरा सुन्ने, योजनाको अनुगमन गर्ने र तत्काल निर्णय गरेर समस्या समाधान गर्ने उनको शैलीले विकासको गति बढाएको छ ।

मेयर चौधरीको कामप्रतिको लगाव, इमानदारी र जनउत्तरदायिता देखेर विकासका बाटोमा रुकावट बन्ने, अनावश्यक आलोचना गर्ने र व्यक्तिगत स्वार्थमा बाधा सिर्जना गर्ने तत्वहरू आफै पाखा लाग्दै छन् । नगरवासीले पनि यस्ता नकारात्मक सोच राख्नेहरूप्रति गम्भीर असन्तुष्टि जनाउँदै आएका छन् ।

आज लहान नगर विकासको नयाँ युगमा प्रवेश गरिरहेको छ । यो सम्भव भएको छ— मेयर महेश प्रसाद चौधरीको दृढ संकल्प, पारदर्शी नेतृत्व र जनमुखी सोचका कारण । लहान नगरमा अहिलेसम्म कसैले देखाउन नसकेको विकासको गति आज मेयर चौधरीको पहलमा साकार भइरहेको छ, जसले भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *