मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
मेयर महतोको पहलमा नैनपुर डाबर टोल खानेपानी आयोजना सम्पन्न, मन्त्री प्रदीप यादवबाट उद्घाटन हुँदै ।।।
मेयर महतोको पहलमा नैनपुर डाबर टोल खानेपानी आयोजना सम्पन्न, मन्त्री प्रदीप यादवबाट उद्घाटन हुँदै ।।।
थाङमिचागु डटकम संवाददाता

आषाढ ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ अन्तर्गत डाबर टोल र नैनपुर टोलका बासिन्दाको बहुप्रतिक्षित सपना साकार हुने भएको छ । मेयर शिवशंकर महतोको विशेष पहल र सक्रियतामा निर्माण सम्पन्न भएको नैनपुर डाबर टोल खानेपानी आयोजना अब औपचारिक रूपमा सञ्चालनमा आउन लागेको हो ।
खानेपानी आयोजनाको सम्पूर्ण तयारी फास्ट ट्रयाकमार्फत छिटो गतिमा पूरा भएपछि अब एक भव्य तथा औपचारिक समारोहका बीच नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादवले यसको उद्घाटन गर्ने भएका छन् । उद्घाटन कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको छ ।
विगत लामो समयदेखि स्वच्छ र सुरक्षित खानेपानीको अभावमा जीवन यापन गर्दै आएका यहाँका स्थानीयवासीका लागि यो आयोजना आशाको किरण बनेको छ । आयोजनाको सञ्चालन पक्का भएपछि सम्पूर्ण नगर क्षेत्रमा हर्ष र उत्साह थपिएको छ । हजारौं नगरबासीले प्रत्यक्ष रूपमा लाभ लिन सक्ने यस आयोजनाबाट शुद्ध र सुरक्षित खानेपानी सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
धनगढीमाई नगर प्रमुख शिवशंकर महतोले आयोजना निर्माणको सफलतामा खुशी व्यक्त गर्दै बताए, “खानेपानी मानव जीवनको आधारभूत आवश्यकता हो । स्थानीय विकास र जनताको जीवनस्तर उकास्न यस्ता आयोजना अत्यन्त महत्वपूर्ण छन् । आगामी दिनहरूमा खानेपानी तथा सरसफाइको क्षेत्रमा अझ सुधार ल्याउन मेरो प्रयास निरन्तर जारी रहनेछ ।”
यो आयोजना केवल डाबर टोल र नैनपुर टोलमै सीमित नरही वरिपरिका अन्य बस्तीहरू समेत लाभान्वित हुने छन । खानेपानी सहज रूपमा उपलब्ध भएपछि यहाँका बासिन्दाले लामो समयदेखि भोग्दै आएको कठिनाइ अन्त्य हुनेछ ।
स्थानीय बासिन्दाहरूले अब रोगव्याधि कम हुने, बालबालिकाहरूको स्वास्थ्यमा सुधार आउने र दैनिक जीवन सहज तथा व्यवस्थित बन्ने विश्वास व्यक्त गरेका छन् । जलजन्य रोगहरूको जोखिम घट्ने र समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
यो आयोजनाको सफलतामा धनगढीमाई नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबीचको समन्वय तथा सहकार्य उल्लेखनीय रहेको छ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश तथा संघीय तहका जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा स्थानीय जनसमुदायको व्यापक उपस्थिति रहने अनुमान गरिएको छ ।
स्थानीयवासीहरूले आयोजना निर्माण तथा सञ्चालनमा प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्ण पक्षप्रति आभार प्रकट गर्दै यस आयोजनाले सामाजिक विकासमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।





