राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
राष्ट्रिय कलाकार माया थामीलाई पोखरामा भव्य सम्मान, धारण गरे ‘दिव्य राधा रूप’
राष्ट्रिय कलाकार माया थामीलाई पोखरामा भव्य सम्मान, धारण गरे ‘दिव्य राधा रूप’

२२ बिहिवार जेठ २०२५
पोखरा — सांस्कृतिक क्षेत्रमा अतुलनीय योगदान दिने राष्ट्रिय कलाकार माया थामीलाई पोखरामा आयोजित विशेष कार्यक्रममा भव्य सम्मान गरिएको छ। कार्यक्रममा माया थामीले धारण गरेको श्रीराधा रूपले उपस्थित सबैको मन छुन सफल भयो।

गण्डकी कोटिहोम पोखरामा सम्पन्न भजन, नृत्य तथा भागवत कथा वाचन कार्यक्रमले नेपाली सांस्कृतिक र आध्यात्मिक पहिचानलाई उजागर गर्यो। यस कार्यक्रममा माया थामीको राधा रूप प्रस्तुति न केवल कलात्मक थिएन, तर त्यो श्रद्धा र भक्ति भावको जीवित झल्को पनि बन्यो।

कार्यक्रममा राधिका दासी माता, अग्रज कलाकारहरू र समाजसेवीहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई विशेष आध्यात्मिक ऊर्जा प्रदान गर्यो। मानव सेवा फाउन्डेसन र गुरु विजय कृष्ण मुर्ति महाराजको संयोजनमा सम्पन्न यो कार्यक्रमले धर्म, सेवा र संस्कृतिको अनुपम संगम प्रस्तुत गर्यो।

माया थामीको प्रस्तुतिले नेपाली संस्कृतिमा राधा देवीको नित्य पूजाको महत्त्वलाई पुनःजीवित गराउँदै नयाँ पुस्तामा भक्ति र संस्कृतिप्रति गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका सहभागीहरूले राष्ट्रिय कलाकार माया थामीलाई सम्मान गर्दै उनको कला र भक्ति मिश्रित योगदानलाई उच्च मूल्यांकन गरेका छन्।





