मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
मलेसियामा जनता समाज पार्टीको संरक्षणमा नेपाली समाजको नयाँ नेतृत्व चयन, भव्य सम्मान कार्यक्रम सम्पन्न
मलेसियामा जनता समाज पार्टीको संरक्षणमा नेपाली समाजको नयाँ नेतृत्व चयन, भव्य सम्मान कार्यक्रम सम्पन्न
१८ जेठ आइतबार २०८२
क्वालालम्पुर, मलेसिया — मलेसियाको क्वालालम्पुरमा बसेको नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गर्नुका साथै भव्य संस्थागत शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल र मलेसियाका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
बैठकले सर्वसम्मत निर्णय गर्दै नयाँ नेतृत्व चयन गरेको छ, जसअनुसार अध्यक्षमा विनोद कुमार यादव चयन भएका छन्। उपाध्यक्षहरूमा पूवराज चौलागाईं र ङावाङ नुरी शेर्पा, महासचिवमा विप्लवी तेन्जु योन्जन, सचिव विक्रम याख्खा, सहसचिव राम प्रवेश राय यादव र उपसचिवमा घुरण ठाकुर चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा भग नारायण यादव, वरहम देव शाह, श्रीराम मण्डल, खगेन्द्र यादव, सुरेश यादव, राम विनय साह, रन्जीत सन्त, कर्ण विर सिंह, दामोदर यादव, उमेश यादव, ललित मान तामाङ, प्रेम मुखिया, मनीष यादव, सुदामा यादव, विपना कार्की, देव साहु सोनार, कमल सिंह तामाङ, शिव शंकर साह, रामशरण यादव र पिताम्बर सरदार चयन भएका छन्।
प्रमुख अतिथिका रूपमा जनता समाज पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको उपस्थिति रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मलेसियास्थित नेपाली राजदूत महामहिम डा. नेत्रप्रसाद तिमल्सिना सहभागी भएका थिए।
कार्यक्रममा अन्तर्राष्ट्रिय तथा स्थानीय क्षेत्रमा सक्रिय विभिन्न विशिष्ट अतिथिहरूको समेत उपस्थिति रहेको थियो, जसमा अर्जुन थापा, डा. निश्चलनाथ पाण्डे, राजकुमार गुप्ता, बिपिन राई, कस्तुरी पट्टो, राजिव रिश्याकरन, कुसालिनी महेन्द्रन, इस्कन्दर फारीज, महेबु आलम, राकेश महतो, हरि प्रसाद भट्टराई र खगेन्द्र न्यौपानेजस्ता व्यक्तिहरू सहभागी थिए।
आयोजकका अनुसार, यस कार्यक्रममा मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीचको सामाजिक एकता र संगठित नेतृत्वलाई सुदृढ बनाउन विशेष योगदान पुगेको छ। नयाँ कार्यसमितिले प्रवासी नेपालीहरूको हकहितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।
समाचार स्रोत: कृष्ण गुप्ता





