गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरोध जारी रहने माओवादी केन्द्रको निर्णय

0Shares


गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरोध जारी रहने माओवादी केन्द्रको निर्णय

थाङमिचागु डटकम संवाददाता


नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संघीय संसद्को अवरोध कायम राख्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सांसद माधव सापकोटाले उक्त जानकारी दिएका हुन्।

उनले भने, “गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को अवरोध कायम राख्ने निर्णय भएको छ।” भिजिट भिसा वितरणमा देखिएको अनियमितता र गृह मन्त्रालयको भूमिकाप्रति प्रश्न उठाउँदै माओवादी केन्द्रले संसदमा दबाबमूलक रणनीति अवलम्बन गरेको हो।

यससँगै, माओवादी केन्द्रले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले मुलुकका आधारभूत वर्गलाई समेट्न नसकेको निष्कर्ष निकालेको छ। बैठकमा पार्टीभित्रका विज्ञहरू — मीनबहादुर श्रेष्ठ, रामकुमार फुयाँल, रामनारायण विडारी, डीपी ढकाललगायतले सांसदहरूसँग बजेटबारे अन्तरक्रिया गरेका थिए। सांसदहरूले बजेटका मुख्य बुँदाहरूको समालोचना गर्दै आगामी राजनीतिक रणनीतिबारे पनि गहन छलफल गरेका थिए।

माओवादी केन्द्रको यो निर्णयले संसदको कार्य सञ्चालनमा थप जटिलता सिर्जना गर्ने देखिएको छ, विशेषतः बजेट पारित गर्ने संवैधानिक समयसीमा नजिकिँदै गर्दा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *