राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
प्रधानमन्त्री ओलीको भनाइ: “म झोले हो, परिवर्तन र विकासको झोला बोकेर हिँड्ने”
प्रधानमन्त्री ओलीको भनाइ: “म झोले हो, परिवर्तन र विकासको झोला बोकेर हिँड्ने”
थाङमिचागु डटकम संवाददाता

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई ‘झोले’ भन्न आपत्ति नरहेको जनाउँदै, यसको अर्थ परिवर्तन र विकाससँग जोडिएको बताएका छन्।
फेसबुकमा पोस्ट गरिएको एक पोस्टरमा लेखिएको छ, “म झोले हो। एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो।” यस पोस्टरसहित उनले सामाजिक सञ्जालमा ‘झोले’ भनेर गरिएको टिप्पणीप्रति आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
ओलीले लेखेका छन्,
“हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ। भिडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं। सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।”
केही दिनअघि सार्वजनिक कार्यक्रममा समेत उनले आफू ‘झोले’ भएको स्वीकार्दै गर्वका साथ भनेका थिए कि आफू जनताको पक्षमा संगठनको झोला बोकेर हिँड्ने व्यक्ति हुन्, न कि शासकको दास।
प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति सत्तापक्ष र प्रतिपक्षबीचको निरन्तर बहस, सामाजिक सञ्जालमा भइरहेको आलोचना, र राजनीतिक कार्यकर्ताको पहिचानसम्बन्धी विमर्शसँग जोडिएको देखिन्छ।




