मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
राजदेवी मन्दिरमा बुद्ध जयन्तीको अवसरमा भव्य पूजा सम्पन्न, नगरप्रमुख चौधरीको उपस्थितिमा बलिप्रदान
राजदेवी मन्दिरमा बुद्ध जयन्तीको अवसरमा भव्य पूजा सम्पन्न, नगरप्रमुख चौधरीको उपस्थितिमा बलिप्रदान
थाङमिचागु डटकम संवाददाता

राजदेवी मन्दिरमा भव्य पूजा–पाठ सम्पन्न, नगरप्रमुख महेश चौधरीको सहभागिता
बुद्ध जयन्तीका अवसरमा बलिप्रदान, मेलामा हजारौं श्रद्धालुको सहभागिता
विनोद मण्डल, वैशाख २९ – सिराहा जिल्लाको लहान नगरपालिका–१५ स्थित ऐतिहासिक तथा धार्मिक स्थल राजदेवी पञ्चावती मन्दिर ढोढना मा आज बुद्ध जयन्तीको अवसरमा भव्य रूपमा पूजा–पाठ सम्पन्न गरिएको छ। नगरप्रमुख महेश प्रसाद चौधरी स्वयं उपस्थित भई विधिपूर्वक पूजा–अर्चना गर्नु भएको हो।
नगरप्रमुख चौधरीको सहभागितामा सम्पन्न उक्त पूजा मूल पुजारी शालिग्राम भट्ट क्षेत्रीको अगुवाइमा शुभारम्भ गरिएको हो। पूजा पश्चात् परम्पराअनुसार बलिप्रदान कार्यक्रम प्रारम्भ गरिएको छ, जहाँ भक्तजनहरूले आफ्नो भाकल पूरा भएको विश्वासमा हजारौं पशु–पक्षीको बलि चढाउने गरेका छन्।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन — जुन बुद्ध जयन्तीको दिन पनि हो — यस मन्दिरमा भव्य पूजा, बलिप्रदान र विशेष मेला लाग्ने परम्परा छ। यस दिन राजदेवी मन्दिरमा दर्शन गर्न टाढा–टाढाबाट लाखौं श्रद्धालु भक्तजन आउने गर्दछन्। मन्दिर परिसरमा दिनभर श्रद्धालुको बाक्लो भिड देखिन्थ्यो।
आजको पूजामा लहान नगर प्रमुख चौधरीका साथै जिल्ला उद्योग वाणिज्य संघ, सिराहा–लहानका अध्यक्ष विकास शारदा, ईन्जिनियर विनोद यादव, नगर प्रहरी प्रमुख शम्भु बस्नेत लगायत समाजका प्रतिष्ठित व्यक्तिहरू एवं स्थानीय भक्तजनको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
राजदेवी मन्दिर स्थानीय धार्मिक आस्थाको केन्द्र मानिन्छ। यहाँको पूजा प्रणाली, बलिप्रथा र मेलाले सामाजिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको छ। हरेक वर्ष यस अवसरमा स्थानीय बजारमा व्यापारिक चहलपहल बढ्ने र मेलाले आर्थिक गतिविधिमा समेत टेवा पुर्याउने गरेको छ।
बुद्ध जयन्तीको दिन देवी माताको पूजा हुनु यस क्षेत्रको परम्परागत धर्म–संस्कृतिको मिश्रणको ज्वलन्त उदाहरण हो, जहाँ हिन्दू र बौद्ध परम्पराको सांस्कृतिक समन्वय झल्किन्छ।





