बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
2026-09-10ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
2026-09-10
आमूल परिवर्तन नागरिक पार्टीद्वारा संगठन पुनर्गठन र दीर्घकालीन कार्यदिशा सार्वजनिक
आमूल परिवर्तन नागरिक पार्टीद्वारा संगठन पुनर्गठन र दीर्घकालीन कार्यदिशा सार्वजनिक
थाङमिचागु डटकम संवाददाता

काठमाडौं, वैशाख २९, २०८२ — समता, न्याय र समावेशी लोकतन्त्रको आधारमा स्थापित आमूल परिवर्तन नागरिक पार्टीले आज एक ऐतिहासिक विस्तारित बैठकमार्फत संगठन पुनर्गठन गर्दै आगामी निर्वाचन तथा दीर्घकालीन राजनीतिक कार्यदिशा सार्वजनिक गरेको छ।
नेपालको सामाजिक न्याय, समानता र समावेशी नेतृत्वको स्पष्ट एजेन्डा बोकेको संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपब्लिकन पार्टीबीचको एकता पछि बनेको “आमूल परिवर्तन नागरिक पार्टी” भित्रको आन्तरिक विवाद, विभाजनकारी नियत तथा असहयोगी व्यवहारका कारण पार्टीका दोस्रो अध्यक्ष भरत गिरि र उपाध्यक्ष विष्णुरत्न लामालाई पार्टी नेतृत्वलाई अलग राखी आमूल परिवर्तन नागरिक पार्टी”मा जोडिएको सबै नेताकार्यकर्तालाई साथमा लिएर अगाडि बढने निर्णय गरेको छ।
अध्यक्ष दल मर्दन कामीले बैठकमा पार्टीले सर्वजातीय समावेशी सामाजिक लोकतन्त्रलाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगीकार गर्दै, जातीय ,धार्मिक अल्पसंख्यक उत्पीडित, सीमान्तकृत, दलित, आदिवासी जनजाति, मधेसी, थारू, महिला लगायत सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै संयुक्त नागरिक पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता अध्यक्ष कामीले दोहोर्याएकाछ्न ।
अध्यक्ष कामिको प्रस्तुत राजनीति प्रतिवेदन द्वारा संविधान २०७२ लाई आलोचनात्मक समर्थन गर्दै पार्टीले जातीय जनसंख्याको आधारमा समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, र चक्रीय राष्ट्राध्यक्ष चयनजस्ता वैकल्पिक शासन प्रणालीको अवधारणा अघि सारेको छ।
पार्टीले आर्थिक पारदर्शिता र आत्मनिर्भरतालाई प्राथमिकता दिँदै सहयोगदाता उद्योगी–व्यवसायीका साथ उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्दै घोषणा आगामी निर्वाचनलाई लक्षित गर्दै जनजागरण अभियान र संगठन सुदृढीकरणको कार्ययोजना सार्वजनिक गरिएको छ।
बैठकमा पार्टी अध्यक्ष दल मर्दन कामीले “यो प्रतिवेदन केवल दस्तावेज होइन, समावेशी र समतामूलक नयाँ नेपाल निर्माणको रोडम्याप हो,” भन्दै देशभर पार्टी सञ्जाल विस्तार गरी २०८४ को निर्वाचनलाई “नयाँ युगको सुरुवात” बनाउने दृढता व्यक्त गरे।
पार्टीले गठबन्धन र सहकार्यका लागि साझा मूल्य मान्यता भएका पार्टी, समूह र अभियन्ताहरूसँग खुला संवादको प्रस्ताव समेत अघि सारेर समावेशिता, पारदर्शिता र राष्ट्रहितमा आधारित नयाँ युगको अभियानमा सबै नेपालीलाई सहभागी हुन अपील समेत गरेका छ्न ।





