राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
मलेसियामा नेपाल थामी समाजद्वारा पहिलो ऐतिहासिक प्रवास भेला हुने
मलेसियामा नेपाल थामी समाजद्वारा पहिलो ऐतिहासिक प्रवास भेला हुने
२०८२ बैशाख बुधबार २४
क्वालालम्पुर, मलेसिया — मलेसियामा बसोबास गर्दै आएका थामी समुदायलाई एकताबद्ध गर्दै भाषा, धर्म, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्न उद्देश्य राखी नेपाल थामी समाज मलेशिया ले आगामी 2025-06-08 तारिख पहिलो ऐतिहासिक प्रवास भेला आयोजना गर्ने भएको छ।
उक्त भेला जोरबार लार्किङस्थित एन्आरएएनए अफिसको सभा हलमा दिउँसो १२:०० बजे सुरु हुनेछ। कार्यक्रममार्फत प्रवासमा रहेका थामी समुदायलाई एकजुट पार्दै थामी भाषाको संरक्षण, मौलिक संस्कृति र पहिचानको विषयमा गहिरो छलफल गरिने आयोजकले जानकारी दिएको छ।
“हामी थामी एक हौं भन्ने भावना प्रवासमै बसेर जगाउनुपर्छ। यही उद्देश्यले यो ऐतिहासिक भेला गर्न लागिएको हो,” आयोजक समितिका एक सदस्यले बताए।
भेलामा मलेसियाका विभिन्न सहर तथा राज्यहरूबाट थामी समुदायका अग्रज, युवायुवती, तथा महिलाहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रममा थामी भाषा, मौलिक पहिरन, परम्परागत ज्ञान र अनुभव आदानप्रदान, तथा आगामी संगठनात्मक योजना समेत प्रस्तुत गरिनेछ।
नेपाल थामी समाज मलेशिया अनुसार यो कार्यक्रम थामी समुदायको साझा पहिचान र अस्तित्व जोगाउने दिशामा प्रवासमा गरिएको पहिलो औपचारिक र ऐतिहासिक पहल हो। समाजले सबै मलेसियाबासी थामी समुदायका सदस्यहरूलाई कार्यक्रममा सक्रिय सहभागी भइ सफल पार्न हार्दिक आह्वान गरे छन




