बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
2026-09-10ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
2026-09-10
गभर्नर नियुक्तिमा ढिलाइको कारण राष्ट्र बैंकभित्रको समस्या हो: सभापति देउवा
गभर्नर नियुक्तिमा ढिलाइको कारण राष्ट्र बैंकभित्रको समस्या हो: सभापति देउवा
थाङमिचागु डटकम संवाददाता

काठमाडौं, बैशाख २३ — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा कुनै राजनीतिक समस्या नरहेको बताएका छन्। उनका अनुसार ढिलाइको कारण राष्ट्र बैंकभित्रकै आन्तरिक समस्या हो।
मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, “गठबन्धनमा कुनै समस्या छैन। गभर्नरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंकभित्रकै समस्याले हो।”
उनले पछिल्लो समय गभर्नर नियुक्तिमा ढिलाइको दोष प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको चर्चा पनि अस्वीकार गरे। “ओलीजीका कारणले गभर्नर नियुक्त हुन ढिलो भएको होइन,” उनले प्रष्ट पारे।
गभर्नर नियुक्तिमा सत्तारूढ दलहरूबीच मतभेद रहेको चर्चा भइरहेका बेला देउवाले स्पष्ट रूपमा गठबन्धनमा एकता कायम रहेको जिकिर गरे। पछिल्लो समय देउवा र ओलीबीच गभर्नर नियुक्तिसम्बन्धी सहमति भइसकेको स्रोतहरूबाट जानकारी आएको छ।





