नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
पोषण कार्यक्रम सहित मेयर चौधरी ।।।
पोषण कार्यक्रम सहित मेयर चौधरी ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,वैशाख २३। सिराहा जिल्लाको लहानमा मेयर चौधरीको सामाजिक कार्यले निरन्तरता पाएको अवस्था रहेको छ ।
नगरको ग्रामीण भागदेखि सहरी बस्तिसम्म नजर अन्दाज गरेर विकासमा फडको मार्दै अगाडि बढिरहेका मेयर महेश प्रसाद चौधरीले एक औपचारिक कार्यक्रमका बीच नगरका गर्भवती महिलाहरुलाई पौष्टिक आहार युक्त पोषण प्याकेज वितरण गर्नु भएको छ ।
लहान नगरपालिका वडा नं २२ मा मेयर महेश प्रसाद चौधरीले पोषण युक्त पोषण कार्यक्रम अन्तर्गत चामल – १० किलो, दाल – १ किलो, चना – १ किलो, मटर – १ किलो, नुन – १ किलो र तेल – १ लिटरका दरले वितरण गर्नु भएको हो ।
नगरमा गर्वती र सुत्केरी अवस्थाका महिलाहरुलाई हरेक महिनाको २२ गते वितरण गर्दै आउनु भएको उक्त पोषण प्याकेज कार्यक्रम लहानको वडा नं २२ मा करिब ४७ जना उक्त अवस्थाका महिलाहरुलाई वितरण गरिएको हो ।
आयोजित कार्यक्रममा स्वास्थचौकी प्रमुख विजय कुमार महतो, शाखा प्रमुख बिन्देश्वर यादव, वडा अध्यक्ष श्याम कुमार अधिकारी लगायत स्थानिय समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थितिमा वितरण गरिएको हो ।
स्वास्थ्य चौकी प्रमुख महतोका अनुसार “मेयर चौधरीले आफ्नो कार्य व्यस्ततालाई छाडेर गरिब, दलित तथा विपन्न वर्गको घरदैलोमा पुगेर सेवा दिने परिपाटीलाई निरन्तरता दिँदै आएका छन् “।
मेयर चौधरीले शिशुको स्वास्थ्य र आमाको सशक्तिकरणका लागि थालेको उदाहरणीय र प्रसंसनीय कार्यले समाजमा सकारात्मक प्रभाव परिरहेको छ भने कार्यक्रममा सहभागी महिलाहरूले राहत सामग्री पाएपछि खुसी व्यक्त गरेका छन ।





