निषेधित क्षेत्रमै प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपा अध्यक्ष लिङदेनसहित ७ जना रिहा

0Shares

निषेधित क्षेत्रमै प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपा अध्यक्ष लिङदेनसहित ७ जना रिहा

थाङमिचागु डटकम संवाददाता

काठमाडौं, वैशाख ८ – सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनसहित ७ जना नेताहरू रिहा भएका छन्।

राप्रपाले आइतबार काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा सिंहदरबार अगाडि नाराबाजी गर्न पुगेका अध्यक्ष लिङदेनसहित नेताहरूलाई सुरक्षाकर्मीले पक्राउ गरेको थियो। पक्राउ परेका अन्य नेताहरूमा पार्टीका उपाध्यक्ष, केन्द्रीय सदस्यसहितका शीर्ष नेताहरू रहेका छन्।

पार्टीले सरकारको नीतिगत विफलता, भ्रष्टाचार नियन्त्रणमा देखिएको कमजोरी, महँगी तथा सीमावर्ती क्षेत्रका समस्याविरुद्ध प्रदर्शन गर्दै आएको थियो। प्रदर्शनका क्रममा निषेधित क्षेत्र अतिक्रमण गरेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

केही घण्टापछि प्रहरीले सबै पक्राउ परेकाहरूलाई रिहा गरेको हो। रिहाइपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङदेनले भने,

“निषेधित क्षेत्रको नाममा सरकार नागरिकको आवाज दबाउन खोज्दैछ। हामी लोकतान्त्रिक अधिकारका लागि लडिरहनेछौं।”

राप्रपाले रिहाइपछि सोमबारदेखि देशभर प्रदर्शनलाई तीव्र बनाउने चेतावनी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *