मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
व्यावसायी रेनुका गुरुङद्वारा जन्मदिनको उपलक्ष्यमा PNCC लाई ह्वीलचेयर सहयोग
व्यावसायी रेनुका गुरुङद्वारा जन्मदिनको उपलक्ष्यमा PNCC लाई ह्वीलचेयर सहयोग
थाङ्मीचागु डटकम सम्बादाता मिति: २०७९ चैत्र ५ गते
मलेसियाको रावङस्थित गोर्खा रेस्टुरेन्ट की सफल व्यवसायी रेनुका गुरुङ ले आफ्नो जन्मदिनको उपलक्ष्यमा प्रवासी नेपाली समन्वय समिति (PNCC) लाई ह्वीलचेयर प्रदान गर्नुभएको छ। बिरामी तथा असहाय नेपाली श्रमिकहरूको सुविधाका लागि गरिएको यस सहयोग सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण बनेको छ।
जन्मदिनलाई व्यक्तिगत उत्सवका रूपमा मात्र नलिई समाजसेवामा रूपान्तरण गर्नुभएको गुरुङले “खुशी तब नै सार्थक हुन्छ जब त्यसले अरूलाई सहयोग पुर्याउँछ” भन्ने धारणा व्यक्त गर्नुभयो। PNCC मार्फत बिरामीहरूलाई आवश्यक परेमा सहज रूपमा ह्वीलचेयर उपलब्ध गराउने उद्देश्यले उहाँले यो योगदान गर्नुभएको हो।
PNCC ले उहाँको सहयोगप्रति आभार व्यक्त गर्दै, प्रवासी नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षामा यसले महत्वपूर्ण भूमिका खेल्ने बताएको छ। समाजसेवामा समर्पित गुरुङको यो कार्य अन्य प्रवासी नेपाली व्यवसायीहरूका लागि पनि प्रेरणादायक बन्न सक्छ।
यस सम्बन्धी जानकारी थाङ्मीचागु डट कम लाई प्रवास मलेसियाका संयोजक पूर्ण लिम्बु जी ले जानकारी दिनुभएको हो।





