मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
पत्रकार यादवको पहलमा तत्काल ११ हजार भोल्टेज तार मर्मत ।।।
पत्रकार यादवको पहलमा तत्काल ११ हजार भोल्टेज तार मर्मत ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, चैत्र ३, सिराहा
सिराहा जिल्लाको धनगढीमाई–१२ स्थित पत्रकार विनोद मण्डलको घर अगाडि चुडिन लागेको ११ हजार भोल्टेजको तार नेपाल विद्युत प्राधिकरण लाहान शाखाको प्राविधिक टोलीले मर्मत गरेको छ ।
सोमबार बिहान मण्डलका आफन्तहरूले घर अगाडि जोखिमपूर्ण रूपमा झुन्डिएको तार देखेपछि पत्रकार मण्डलले तत्काल सिराहा टाइम्सका पत्रकार ओम प्रकाश यादवलाई जानकारी गराएका थिए । पत्रकार यादवले नेपाल विद्युत प्राधिकरण लाहान शाखालाई खबर गर्दै तत्काल प्रसारण लाइन काट्न अनुरोध गरेपछि प्राविधिक टोली मर्मत कार्यका लागि परिचालन गरिएको थियो ।
विद्युत प्राधिकरणको टोलीले सोही दिन घटनास्थलमा पुगेर तारको मर्मत सम्पन्न गरेको हो । यसअघि धनगढीमाई नगरपालिकाका विभिन्न उत्तरी बस्ती तथा ग्रामीण क्षेत्रका ठाउँहरूमा ११ हजार भोल्टेजका तारहरू अव्यवस्थित रहेको गुनासो आइरहेको थियो ।
नेपाल विद्युत प्राधिकरण लाहान शाखाका प्रमुखका अनुसार, जोखिमपूर्ण अवस्थामा रहेका यस्ता तारहरूको पहिचान गरी क्रमशः मर्मत तथा व्यवस्थापन गरिनेछ । विद्युत सुरक्षाका उपायहरू अपनाउन र समयमै समस्या रिपोर्ट गर्न आम नागरिकलाई समेत आग्रह गरिएको छ ।





