मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
अखिल नेपाल महिला संघको भिमेश्वर नपा ३, ६ र कालिञ्चोक २ मा वडा कमिटी गठन
अखिल नेपाल महिला संघको भिमेश्वर नपा ३, ६ र कालिञ्चोक २ मा वडा कमिटी गठन
थाङ्मीचागु डटकम सम्बादाता
२०८१ साल चैत्र २ गते, दोलखा – भिमेश्वर नगरपालिका वडा नं. ३, ६ र कालिञ्चोक गाउँपालिका वडा नं. २ मा छुट्टाछुट्टै कार्यक्रमका साथ अखिल नेपाल महिला संघ (अनेमसंघ) वडा कमिटीहरू गठन भएका छन्।
कालिञ्चोक गाउँपालिका वडा नं. २ मा आयोजित कार्यक्रममा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङ प्रमुख अतिथि रहनुभएको थियो भने विशेष अतिथिका रूपमा नरबहादुर श्रेष्ठ र अनेमसंघकी केन्द्रीय सदस्य कालिका पाठक अतिथि बागमती प्रदेश अनेमसंघ सदस्य पर्बति खडका अनेमसंघ जिल्ला अध्यक्ष मेनुका सुबेदि लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, भिमेश्वर नगरपालिका वडा नं. ३ र ६ मा आयोजित कार्यक्रममा अनेमसंघ बागमती प्रदेश सदस्य पर्वती खड्का प्रमुख अतिथि रहनुभएको थियो भने विशेष अतिथिका रूपमा जानुका नेउपाने तथा अतिथिहरूमा पूर्णिमा खरेल र मेनुका सुवेदीको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूले महिला सशक्तिकरण, सामाजिक न्याय, तथा वर्तमान लोकतान्त्रिक परिप्रेक्ष्यमा महिला नेतृत्वको भूमिकाबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो। विशेष गरी, देशमा पुनःराजावादी प्रवृत्ति मौलाउँदै गएको विषयमा सतर्क रहनुपर्ने र लोकतान्त्रिक प्रणालीलाई थप बलियो बनाउन महिलाहरूको सक्रिय सहभागिता आवश्यक रहेको विषयमा जोड दिइएको थियो।
यस अवसरमा भिमेश्वर नगरपालिका वडा नं. ३ मा सानी लामाको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी, वडा नं. ६ मा पूजा लामाको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी तथा कालिञ्चोक गाउँपालिका वडा नं. २ मा जमुना पाण्डेको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी निर्वाचित भएका छन्।
कार्यक्रममा स्थानीय महिला अगुवा, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नवगठित कमिटीहरूलाई सफल कार्यकालका लागि शुभकामना दिँदै अतिथिहरूले महिला नेतृत्वलाई अझ प्रभावकारी बनाउन निरन्तर क्रियाशील रहनुपर्ने सन्देश दिएका थिए।
(थाङ्मीचागु डटकम)





