मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
अखिल नेपाल महिला संघ भीमेश्वर-९ मा वडा कमिटी गठन
अखिल नेपाल महिला संघ भीमेश्वर-९ मा वडा कमिटी गठन
भीमेश्वर नगरपालिका वडा नं ९ मा अखिल नेपाल महिला संघ (अनेमसंघ) को वडा कमिटी भव्य कार्यक्रमका साथ गठन भएको छ। मन्जु श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी निर्वाचित भएको छ।
२०८१ साल चैत ०४ गते सम्पन्न वडा सम्मेलनमा अनेमसंघ बागमती प्रदेश कमिटी सदस्य पार्वती खड्का प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य डा. जानुका न्यौपाने, पार्टी जिल्ला कमिटी उपसचिव एवं भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष मेनुका सुवेदी, अखिल नेपाल महिला संघ जिल्ला इन्चार्ज पूर्णिमा खरेल, अखिल नेपाल महिला संघ नगर कमिटी अध्यक्ष मुना श्रेष्ठ, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य चित्रबहादुर भुजेल, नेकपा (एमाले) वडा कमिटी अध्यक्ष जितबहादुर केसी लगायतका नेताहरूको विशेष आतिथ्य रहेको थियो।
कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संघ सम्मेलन आयोजक कमिटीकी संयोजक रमिला भुजेलले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले महिला सशक्तिकरण, पार्टी संगठनको सुदृढीकरण, सामाजिक परिवर्तन तथा स्थानीय तहमा महिलाहरूको सक्रिय भूमिकाका विषयमा महत्वपूर्ण धारणा राख्नुभएको थियो।
यस अवसरमा वडा कमिटी गठनसँगै ९ वटा टोली कमिटी संयोजकहरूको मनोनयन समेत गरिएको छ। महिला अधिकार, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वको प्रवर्द्धन गर्ने उद्देश्यले गठित यस वडा कमिटीले आगामी दिनमा प्रभावकारी रूपमा कार्य गर्ने विश्वास व्यक्त गरिएको छ।
वडा सम्मेलनका सहभागीहरूले नयाँ नेतृत्वलाई शुभकामना दिंदै, महिला संगठनलाई अझ सबल, सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।





