अखिल नेपाल महिला संघ, भीमेश्वर नगरपालिका वडा नं ५ मा भव्य कार्यक्रमका साथ अनेमसंघ वडा कमिटी गठन

0Shares

अखिल नेपाल महिला संघ, भीमेश्वर नगरपालिका वडा नं ५ मा भव्य कार्यक्रमका साथ अनेमसंघ वडा कमिटी गठन

भीमेश्वर, चैत ५ – भीमेश्वर नगरपालिका वडा नं ५ मा भव्य कार्यक्रमका साथ अखिल नेपाल महिला संघ (अनेमसंघ) वडा कमिटी गठन भएको छ। बिन्दु कार्कीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी निर्वाचित भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल महिला संघ बागमती प्रदेश कमिटी सदस्य पार्वती खड्का रहनुभएको थियो। साथै, नेकपा (एमाले) जिल्ला कमिटी उपसचिव तथा भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष मेनुका सुवेदी, नेकपा (एमाले) सचिवालय सदस्य तारा नेपाली, जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष बासु श्रेष्ठ, अनेमसंघ इन्चार्ज पूर्णिमा खरेल, अखिल नेपाल महिला संघ नगर कमिटी अध्यक्ष मुना श्रेष्ठ लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्वती खड्काले संगठन विस्तार र महिला सशक्तिकरणको महत्वलाई जोड दिनुभयो। उहाँले महिला अधिकार, समानता र सामाजिक न्यायका लागि अनेमसंघले खेलेको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।

त्यसैगरी, उपमेयर कमला बस्नेतले महिलाहरूले एकजुट भई समाज परिवर्तनको अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय सरकारको तर्फबाट महिला सशक्तिकरणका कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो।

अखिल नेपाल महिला संघ वडा सम्मेलनको आयोजनात्मक भूमिका अखिल नेपाल महिला संघ सम्मेलन आयोजक कमिटीका संयोजक बिन्दु कार्कीले निर्वाह गर्नुभएको थियो।

थाङ्मीचागु डट कमलाई अखिल नेपाल महिला संघ बागमती प्रदेश सदस्य पार्वती खड्काज्यूले जानकारी दिनुभएको हो।

(थाङ्मीचागु डट कम/भीमेश्वर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *