मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
बुद्ध एयरको जहाज नोज ह्वील बिना नै काठमाडौंमा अवतरण, सबै यात्रु सुरक्षित
बुद्ध एयरको जहाज नोज ह्वील बिना नै काठमाडौंमा अवतरण, सबै यात्रु सुरक्षित
थाङमिचागु डटकम संवाददाता

काठमाडौं, फागुन २४ – बुद्ध एयरको जनकपुरबाट काठमाडौं आएको जहाज (नाइनएन-एएच) ले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै सुरक्षित अवतरण गरेको छ।
बिहीबार साँझ ४:४५ बजे जनकपुर विमानस्थलबाट काठमाडौंका लागि उडेको उक्त जहाजको नोज ह्वील जनकपुरमै छुटेको पत्ता लागेको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंमा अवतरण गरिसकेपछि पोष्ट-फ्लाइट चेक गर्दा नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको पुष्टि भएको हो।
जनकपुरमै भेटियो नोज ह्वील
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाजको नोज ह्वील जनकपुर विमानस्थलकै रनवेमा भेटिएको छ। ‘लगत्तै हामीले जनकपुरमा चेक गर्न लगाउँदा विमानस्थलको रनवेको टर्निङमै ल्यान्डिङ गेयर भेटिएको छ,’ उनले भने।
६२ यात्रु सकुशल
सम्भावित जोखिम हुँदाहुँदै पनि जहाज सुरक्षित अवतरण हुन सफल भएको छ। जहाजमा ६२ जना यात्रु रहेका थिए। कुनै दुर्घटना नभएको पुष्टि गरिएको छ।
छानबिन सुरू
उड्डयन प्राधिकरणले जहाजलाई ग्राउन्डेड गरी घटनाको विस्तृत छानबिन सुरू गरेको छ। विमानस्थलमा आवश्यक प्राविधिक निरीक्षण भइरहेको जनाइएको छ। यो घटनाले नेपालमा हवाई सुरक्षाका मापदण्ड र मर्मतसम्भारप्रति गम्भीर प्रश्न उठाएको छ।





