मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
धरान भानुचोकमा सहकारी पीडितहरूको आन्दोलन चर्किंदै, सरकारको उदासिनताप्रति आक्रोश
धरानमा सहकारी पीडितहरूको धर्ना जारी, सरकारको बेवास्ता प्रति आक्रोश
मिति: २०८० फागुन १५ गते
धरान, भानुचोक
(थाङ्मीचागु डट कम, संवाददाता )
राखी नेवाङ
धरानको भानुचोकमा सहकारी पीडितहरूको बचत फिर्ताका लागि लगातार धर्ना जारी रहेको छ। सामाजिक अभियन्ता राजेस खिम्दुङको नेतृत्वमा तीन–चार महिनादेखि संघर्ष गरिए पनि सरकार पक्षले कुनै ठोस पहल नगरेको भन्दै पीडितहरू आक्रोशित छन्।
पीडितहरूले स्थानीय, प्रदेश र संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आफ्नो गाढा पसिनाको कमाइ बचत गरिएको रकम तुरुन्त फिर्ता हुनुपर्ने माग राखेका छन्। तर, सरकारले वेवास्ता गरिरहेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक अभियन्ता खिम्दुङले भने, “विशेष गरी स्थानीय सरकारले अझै बेवास्ता गर्यो भने कडा आन्दोलन गर्न बाध्य हुनेछौँ।” उनले जनप्रतिनिधिहरूले पीडितहरूको पीडा नसुने स्थिति आए, कडा कदम चाल्ने चेतावनी दिएका छन्।
यस विषयमा जनमुक्ति पार्टीका प्रदेश नं. १ का उपाध्यक्ष राखी नेवाङले थाङ्मीचागु डट कमलाई जानकारी दिँदै सरकारको ध्यानाकर्षण गराएका छन्। पीडितहरूले यदि आफ्नो माग पूरा नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्।
थाङ्मीचागु डट कम मिडिया





