मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
ईलाका प्रशासन कार्यालय लहानद्वारा अनलाईनबाट नागरिकता सिफारिस सेवा सुचारु ।।।
ईलाका प्रशासन कार्यालय लहानद्वारा अनलाईनबाट नागरिकता सिफारिस सेवा सुचारु ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,फाल्गुन १३ । सिराहा जिल्लाको लहानमा रहेको ईलाका प्रशासन कार्यालयले आफ्नो कार्य क्षेत्रमा रहेका ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा एकरुपता ल्याउने उद्देश्यले गृह मन्त्रालयको योजना अनुरुप वडा कार्यालयबाट अनलाईन प्रणाली मार्फत नागरिकता सिफारिस अनुसार नागरिकता प्रमाण पत्र प्रदान गर्न थालेका छन ।
कार्यक्रमको थालनी सँगै लहान नगरपालिका वडा नं १५ का अनुसा चौधरी र लहान नगरपालिका वडा नं १ का हेम शंकर साहलाई नयाँ नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्दै औपचारिक रूपमा कार्यक्रमको प्रारम्भ गरिएको छ ।
उक्त सेवा सुभारम्भ गर्ने लहान नगरपालिका वडा नं.१५ र १ लाई ईलाका प्रशासन कार्यालय लहानले
बधाई दिएका छन ।
नागरिक मैत्री सेवा प्रवाहको निरन्तरतामा सहयोगीको भूमिकामा रहेका गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सिराहा, स्थानीय तह, वडा कार्यालयहरु लगायत सबै सरोकारवाला निकायहरुप्रति ईलाका प्रशासन कार्यालय लहानले विशेष खुशी व्यक्त गरेको छ ।





