पत्रकार शाह र बस्तीपुर माविका प्रधानाध्यापक बीच सहमति ।।।

0Shares

पत्रकार शाह र बस्तीपुर माविका प्रधानाध्यापक बीच सहमति ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,फाल्गुन ५ । सिराहा जिल्लाको पुरानो कहलिएको लाहान नगरपालिकाको बस्तीपुर माविका प्रधानाध्यापकले विद्यालयको दिबा खाजाको रिपोर्टिङ्ग गर्न पुगेका लाहान टुडेका पत्रकार शितल शाहमाथि गरेको दुर्ब्यबहारको विषय पछिल्लो समय व्यापक चर्चाको विषय बनेको थियो । उक्त घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय लहानमा पत्रकार शाहले दिएको उजुरी बमोजीम विद्यालयका प्रधानाध्यापक देवेन्द्र यादव लगायत शिक्षकहरु र पत्रकारहरुको उपस्थितिमा उक्त विद्यालयका प्रधानाध्यापकले सकारात्मक विचार राख्दै आउने समयमा यस्ता घटनाहरू नदोहोरी विद्यालयको समसामायिक विषयमा कुनै पनि बेला पत्रकारहरुले निर्वाध रुपमा रिपोर्टिङ्ग गर्न सक्ने, रिपोर्टिङका क्रममा कुनै पत्रकारलाई रोकावट नगर्ने, विद्यालय प्रशासनसंग आवस्यक सूचना माग्न पाउने अधिकारलाई उच्च सम्मान गर्ने जस्ता सहमति भएको हो ।

छलफलमा प्रधानाध्यापकले कमीकमजोरी सुधार गर्ने जस्ता प्रतिबद्धता जनाएपछि सहमति निष्कर्षमा पुगेको थियो । पत्रकारका तर्फबाट नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ सिराहा शाखाका उपाध्यक्ष रोयान्टर मण्डल,सदस्य विनोद मण्डल, पत्रकारहरु रहमुल, ओमप्रसाद यादव, सम्भु चौधरी, मुकेश यादव, आशिष शाह लगायत उक्त विद्यालयका प्रधानाध्यापक सहित ब्यबस्थापन समितिका पधाधिकारीहरु लगायतको सहभागितामा विषय प्रसङ्गमाथि व्यापक छलफल र विचार विमर्श गर्दै दुवै तर्फबाट चार चार जनाको सहभागितामा गरिएको अन्तिम निर्णय पत्रकार शाह र प्रधानाध्यापक यादवलाई सुनाए पछि करिब माघ २४ गतेदेखि चुलिएको विवाद टुंगिन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *