सिराहा जिल्लाका मेयर चौधरी कतारमा, समसामायिक विकास लक्ष्यका लागि भ्रमण ।।।

0Shares

सिराहा जिल्लाका मेयर चौधरी कतारमा, समसामायिक विकास लक्ष्यका लागि भ्रमण ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, माघ १८ – सिराहा जिल्लाको लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी समसामायिक विकास लक्ष्य र अवलोकन भ्रमणका लागि कतार पुग्नु भएको छ ।

मेयर चौधरीले कतारको भौतिक संरचना, प्रशासनिक कार्य, सडक सुधार, उद्योग, बजार, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रहरूको विकास र लगानीको अवलोकन गर्ने अवसर प्राप्त गर्नु भएको छ ।

भ्रमणका क्रममा मेयर चौधरीले कतारमा भएका विभिन्न भौतिक संरचनाहरूको निर्माण, प्रशासनिक कार्य पद्धति, सडकहरूको सुधार र उन्नतिको बारेमा अवलोकन गर्ने बुझिएको छ । यससँगै, कतारको औद्योगिक क्षेत्र र बजारको अवस्था तथा शिक्षा र स्वास्थ्य सेवामा गरिएको प्रगति बारे पनि स्थलगत अवलोकन गर्ने बताईएको छ ।

त्यस्तै, मेयर चौधरीले कतारमा रहेका नेपाली राजदूतावासका प्रतिनिधिहरूसँग भेटघाट समेत गर्ने बुझिएको छ । यस भ्रमणमा उहाँले कतारमा काम गरिरहेका नेपाली कामदारहरूको स्थितिका बारेमा पनि जानकारी लिने छ । लाहान नगरपालिकाका नागरिकहरू जो अहिले कतारमा रोजगारीमा रहेका छन्, उनीहरूसँग समेत मेयर चौधरीले भेटघाट गरी तिनीहरूको समस्याबारे छलफल गर्नु भएको छ ।

स्थलगत भ्रमणका क्रममा प्राप्त जानकारी र अनुभवको आधारमा मेयर चौधरीले लहान नगरपालिकामा विकासका योजनाहरू ल्याउने उनका निजी सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *