ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
2026-07-12राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11
दोलखाको श्री कालिञ्चोक माविलाई कृष्ण कुमारी थाङ्मीको शैक्षिक सामग्री सहयोग ।
दोलखाको श्री कालिञ्चोक माविलाई कृष्ण कुमारी थाङ्मीको शैक्षिक सामग्री सहयोग
थाङ्मी चागु डटकम सम्बादाता माघ ७ सोमबार २०८१
[सन्तोष ठान्टी थाङ्मी]
दोलखा, बिगु – हाल संयुक्त राज्य अमेरिकालाई कर्मभूमि बनाउँदै आउनु भएकी समाजसेवी कृष्ण कुमारी थाङ्मीले दोलखा जिल्लाको बिगु ८, थाङ्मीचागुस्थित श्री कालिञ्चोक माध्यमिक विद्यालयलाई १० थान ह्वाइट बोर्ड र एउटा कलर प्रिन्टर मिसिन सहयोग गर्नुभएको छ।
बिगु गाउँपालिका वडा नम्बर ६, बिगु निवासी सार्की थाङ्मी र बिर्खा माया थाङ्मीकी छोरी कृष्ण कुमारी थाङ्मी एक कर्मशील, लगनशील, र समाजसेवामा समर्पित व्यक्तित्व हुनुहुन्छ। उहाँले आफ्नो थाङ्मी समुदायको हकहित र अधिकारका विषयमा जहिले पनि सकारात्मक आवाज उठाउँदै आउनुभएको छ। शिक्षालाई समाजको समृद्धिको मुख्य आधार मान्ने उहाँले आफ्नो मातृभूमिको शिक्षाको विकासका लागि व्यक्तिगत योगदान गर्नुभएको हो।
यो सहयोग थाङ्मीचागु डट कमको टिम र संस्थाका अध्यक्ष सन्तोष ठान्टी थाङ्मीको पहलमा जुटाइएको हो। सामग्री छिट्टै एक विशेष हस्तान्तरण कार्यक्रमको आयोजना गरी विद्यालयलाई प्रदान गरिनेछ।
कृष्ण कुमारी थाङ्मीको यो योगदानले विद्यालयको पठनपाठनलाई सहज र प्रभावकारी बनाउँदै शिक्षाको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। उहाँको यस प्रेरणादायी कार्यले अन्यलाई पनि आफ्नो समुदाय र समाजका लागि योगदान दिन प्रेरित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको मिति र समय चाँडै सार्वजनिक गरिनेछ। समाजसेवामा निरन्तर सक्रिय कृष्ण कुमारी थाङ्मीको योगदान मातृभूमिप्रति समर्पणको उत्कृष्ट उदाहरण बनेको छ।





