दृष्टिविहिन आमाघर भवन निर्माणका लागि नयाँ समिति गठन

0Shares

दृष्टिविहिन आमाघर भवन निर्माणका लागि नयाँ समिति गठन

२० पुष सनिवार २०८१

थाङ्मीचागु डटकम सम्बादाता

काठमाडौं, माघ २। सुन्दरीजलको नयाँपाटीस्थित दृष्टिविहिन आमाघरको स्थायी भवन निर्माणका लागि दृष्टिविहिन आमाघर सामाजिक संस्था र ग्लोबल अनलाइन टेलिभिजनको संयुक्त प्रयासमा नयाँ भवन निर्माण कार्य समिति गठन गरिएको छ।

विगत ७ वर्षदेखि अस्थायी टहरामा सञ्चालन हुँदै आएको दृष्टिविहिन आमाघरमा हाल ६८ जना दृष्टिविहिन, अपाङ्ग, बालबालिका र वृद्धवृद्धाहरू बसोबास गर्दै आएका छन्। तीमध्ये २९ जना बालबालिकाको शिक्षामा वार्षिक रुपमा ठूलो आर्थिक सहयोग आवश्यक पर्ने भएकोले स्थायी भवन निर्माण गरी व्यवस्थित रूपमा सञ्चालन गर्ने लक्ष्य लिइएको छ।

स्थायी भवन निर्माणका लागि जग्गा स्वीकृत

गोकर्णेश्वर नगरपालिकाले २०८१ मंसिर २० गते जग्गा स्वीकृत गरिदिएको छ। नगरपालिकाले उक्त जग्गा बेच्न नपाइने र बसोबासका लागि प्रयोग गर्न सकिने गरी कागजात हस्तान्तरण गरेको छ। भवन निर्माणको प्रक्रिया अघि बढाउन तीन करोड रुपैयाँ लागत अनुमान गरिएको छ।

भवन निर्माण कार्य समिति गठन

ग्लोबल अनलाइन टेलिभिजन र दृष्टिविहिन आमाघरको संयुक्त भेलाबाट नयाँ भवन निर्माण समिति गठन गरिएको छ। समितिमा निम्न पदाधिकारी चयन भएका छन्:

अध्यक्ष: टेक बहादुर सार्की

उपाध्यक्ष: गोरख खत्री

कोषाध्यक्ष: मिन बहादुर तामाङ

सचिव: मदन थामी

सह-सचिव: पूजा पिप्ले मगराती

सदस्यहरू:

फतम बहादुर गुरुङ

शम्भु श्रेष्ठ

निबेस श्रेष्ठ

आश बहादुर तामाङ

ग्लोबल अनलाइन टेलिभिजनलाई आर्थिक सहयोग संकलन र प्रचारप्रसारको जिम्मेवारी दिइएको छ।

सहयोगका लागि अपिल

दृष्टिविहिन, अपाङ्ग, बालबालिका र वृद्धवृद्धाहरूको आश्रयस्थलका रूपमा निर्माण हुने यो भवनलाई समयमै सम्पन्न गर्न आर्थिक सहयोग आवश्यक रहेकोले संस्थाले सबैलाई सहयोग गर्न अपिल गरेको छ।

सहयोगका लागि इच्छुकहरूले ग्लोबल अनलाइन टेलिभिजन वा दृष्टिविहिन आमाघरमा सम्पर्क गर्न सक्नेछन्।
सम्पर्क ठेगाना:
गोकर्णेश्वर नगरपालिका वडा नं. ४, मेलम्ची रोड, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *