दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

0Shares

दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

थाङमिचागु डटकम संवाददाता

दाङमा सोमबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। घटनास्थल राप्ती गाउँपालिका वडा नं २, लालमटियाको कटेशनाला नजिक हो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रक (वा ४ ख २२६१) ले पूर्वबाट पश्चिमतर्फ गइरहेको मोटरसाइकल (रा ८ प ४१४६) लाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

ठक्करपछि गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई स्वास्थ्य चौकी भालुवाङ लगिएको थियो, तर त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको पहिचान खुल्न सकेको छैन। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ, र घटनाको थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *