नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
नेपाली कांग्रेसका सभापति रामचन्द्र यादवको विशेष पहलमा धनगढीमाईको १४ वडामा निशुल्क आँखा शिविर ।
नेपाली कांग्रेसका सभापति रामचन्द्र यादवको विशेष पहलमा धनगढीमाईको १४ वडामा निशुल्क आँखा शिविर ।।।
थाङमिचागु डटकम संवाददाता

सिरहा, मङ्सिर २३ ।
नेपाली कांग्रेस सिरहाका सभापति तथा संविधान सभा सदस्य माननीय रामचन्द्र यादवको विशेष पहलमा सिरहा जिल्लाको धनगढीमाईको १४ ओटै वडाहरूमा निशुल्क आँखा शिविरको आयोजना गरिने भएको छ । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको आर्थिक सहयोगमा र नेपाल नेत्र ज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा आयोजना हुन लागेको यो शिविरले धनगढीमाई नगरपालिकाका १४ वटै वडाका स्थानीयवासीलाई लाभ पुर्याउनेछ ।
कार्यक्रम मङ्सिर २४ गतेदेखि विभिन्न मितिमा तोकिएका स्थानमा सञ्चालन हुनेछ । शिविरमा आँखा जाँच, सामान्य उपचार, चश्मा वितरण तथा आवश्यक परेमा थप सर्जिकल उपचारका लागि परामर्श प्रदान गरिनेछ । आयोजकले सबै नगरवासीलाई यस अवसरलाई सदुपयोग गर्न आह्वान गरेका छन् ।
नेपाली कांग्रेसका सभापति यादवले स्वास्थ्य पहुँचबाट बञ्चित स्थानीयवासीका लागि यस्ता सामाजिक कार्यहरू सञ्चालन गर्नु आफ्नो प्रमुख जिम्मेवारी भएको बताएका छन् । उनले भने, “समाजको सबै वर्गलाई स्वास्थ्य सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो । आँखा स्वास्थ्यजस्तो महत्त्वपूर्ण विषयलाई प्राथमिकतामा राखेर यो कार्यक्रम सञ्चालन गर्न पाएकोमा गर्व महसुस गरिरहेको छु ।”
शिविरको आयोजनाले स्थानीयस्तरमा स्वास्थ्य सचेतनामा वृद्धि हुने र अँध्यारोको चपेटाबाट मुक्त हुने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।
आयोजकले यस कार्यक्रममा सहभागी भएर निशुल्क सेवा प्राप्त गर्नका लागि समयमै उपस्थित हुन अनुरोध गरेका छन् ।





