नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा अहेवविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

0Shares

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी लाभ लिएको आरोपमा एकजना अहेवविरुद्ध आरोपपत्र दायर गरेको छ।
डडेल्धुराको परशुराम नगरपालिकाअन्तर्गतको स्वास्थ्य केन्द्रमा कार्यरत अहेव रमेश बोहराको झुट्टा शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी लाभ लिएको पुष्टि हुन आएकाले आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनका अनुसार अहेव बोहराको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली भएको भन्दै आवश्यक छानबिन गर्न उजुरी परेको थियो।
सोही उजुरीका आधारमा अनुसन्धान हुँदा बोहराले अहेव पद पाउने उद्देश्यले Council For Technical Education and Vocational Training, OFFICE OF  CONTROLLER OF EXAMINATIONS, Bhaktapur बाट जारी भएको COMMUNITY MEDICINE ASSISTANT तहको झुट्टा प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा,हैसयत,लाभ र सुविधा प्राप्त गरेको पुष्टि  हुन आएको आयोगको दावी छ।
उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सजाय माग गरिएको अख्तियारले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *