नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
सिराहाको पत्रकारितालाई बदनाम गर्ने कथित पत्रकारविरुद्ध कानुनी कारबाहीको माग ।।।

विनोद मण्डल, मंसिर १३
सिरहा जिल्लाको पत्रकारिता क्षेत्र पछिल्लो समय केही कथित पत्रकारहरूको गैरजिम्मेवार र अनैतिक गतिविधिका कारण गम्भीर बदनाम भएको छ । आफूलाई पत्रकार बताउँदै, समाचार प्रकाशन गर्ने धम्की दिएर रकम असुली गर्ने गतिविधिले सिरहाको सञ्चार क्षेत्रमाथि ठूलो प्रश्न चिन्ह खडा गरेको छ ।
समाजका विभिन्न व्यक्तिहरूसँग धम्कीको आधारमा रकम असुल्दै आएको यस्ता कथित पत्रकारहरूले समाजमा पत्रकारिताको गरिमा र विश्वसनीयतामा आघात पुर्याएका छन् । पीडितहरूले आरोप लगाउँदै भनेका छन् कि उनीहरू प्रायः मदिरा सेवन गरेर रिपोर्टिङ गर्न जान्छन् र पत्रकारिताको आचारसंहिता तथा सामाजिक मर्यादाको उल्लङ्घन गरिरहेका छन् ।
यस्ता कथित पत्रकारहरूको शब्द चयन, बोल्ने शैली, र व्यावसायिक ज्ञान अभावका कारण पत्रकारिता क्षेत्रप्रति जनताको भरोसा घटेको छ । कानुनको पालना नगर्ने, पीडितलाई धम्क्याउने, र तस्करीजस्ता आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रमाण समेत फेला परेको छ ।
बोर्डर क्षेत्रमा समाचार लेख्ने नाममा स्थानीय व्यापारी र सर्वसाधारणलाई थर्काएर रकम असुल्ने, गलत सूचना फैलाउने, र समाजमा आतंक मच्चाउने जस्ता गतिविधि कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने स्थानीयको माग रहेको छ ।
सिरहाका नागरिकहरूले यस्ता गैरजिम्मेवार र अनैतिक पत्रकारहरूको तत्काल सामाजिक बहिष्कार गर्नुपर्नेमा जोड दिएका छन् । पीडितहरूले सम्बन्धित निकायमा जाहेरी दिएर यस्ता क्रियाकलापलाई रोक्न र कानुनी कारबाही सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।
सञ्चार जगतको विश्वसनीयता र मर्यादामा चोट पुर्याउने यस्ता व्यक्तिहरूलाई पत्रकारिता क्षेत्रबाट विस्थापित गर्न, समाज र सरोकारवाला सबैले सहकार्य गर्न जरुरी देखिएको छ । सिरहा जिल्लाको पत्रकारितालाई सही दिशा दिनका लागि यस्ता तत्वहरूलाई हटाएर समाजको हितमा जिम्मेवार पत्रकारिता गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको छ ।
सिरहा जिल्लाको पत्रकारिता क्षेत्रमाथि लागेको यो धब्बा पखाल्नका लागि यस्ता कथित पत्रकारहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन र पत्रकारिताको मर्यादा कायम गर्न समाजले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता छ ।





