आइतबारेको ऐतिहासिक बजारले पायो नयाँ स्वरूप, स्थानीय सहभागितामा सम्पन्न सौन्दर्यीकरण योजनाको उद्घाटन ।।।
2026-07-12ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
2026-07-12
भसुवा माविमा नवनिर्मित भवन मेयर चौधरीद्वारा उद्घाटन ।।।
भसुवा माविमा नवनिर्मित भवन मेयर चौधरीद्वारा उद्घाटन ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,लहान, मंसिर ११ । लहान नगरपालिका-१६ स्थित भसुवा माविमा नवनिर्मित दुई कोठे भवनको उद्घाटन सोमबार मेयर महेश चौधरीले सम्पन्न गरेका छन् । विद्यालयको भौतिक संरचना अभावका कारण बालबालिकाले अध्ययनमा समस्या झेल्दै आएकोमा यो भवनले सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले बालबालिकालाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले भने, “यो भवनले विद्यालयको भौतिक संरचना सुदृढ बनाएको छ । आगामी आर्थिक वर्षमा थप दुई कोठे भवन निर्माण गरिने योजना छ ।”
विद्यालयमा हाल ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसलाई नयाँ भवनले थप सहज र प्रभावकारी शैक्षिक वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक र स्थानीय बासिन्दाले मेयर चौधरीको प्रयासको सराहना गर्दै थप शैक्षिक विकासका कार्यक्रमको माग गरे । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, र विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उक्त भवनको निर्माण स्थानीय तहको बजेटबाट सम्पन्न भएको हो भने आगामी वर्षका लागि नगरपालिकाले थप बजेट विनियोजन गर्ने तयारी गरेको छ ।





