विनाशकारी बाढीबीच नेपाली सेनाद्वारा ८८३ जनाको उद्धार
2026-08-27नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27
रामेछाप सिन्धुलीको सुनकोशी गाँउपालिका विद्यालय जान जोखिम मोलेर झोलुङ्गे पुल तर्दै विद्यार्थी
रामेछाप सिन्धुलीको सुनकोशी गाँउपालिका विद्यालय जान जोखिम मोलेर झोलुङ्गे पुल तर्दै विद्यार्थी
थाङमिचागु डटकम संवाददाता

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ र सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ६ चैनपुरलाई जोड्ने पुछिघाटको झोलुङ्गे पुल अहिले जोखिमपूर्ण अवस्थामा छ। गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले पुललाई क्षति पुर्याएपछि विद्यार्थी र किसानहरूलाई दैनिक आवतजावतमा थप जोखिम व्यहोर्नुपरेको छ।
सिन्धुलीको खल्टेमा रहेको दीर्घ प्रदिम माध्यमिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने २८ जना विद्यार्थी यही पुलबाट आवतजावत गरिरहेका छन्। त्यसैगरी, किसानहरूले पनि पाकेको धानबाली भित्र्याउन यसै पुलको प्रयोग गर्नुपरेको छ।
पुलको मर्मत र विकल्पको अभावले गर्दा स्थानीय बासिन्दा र विद्यार्थीहरूले ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्। यस समस्याको समाधानका लागि सम्बन्धित निकायले शीघ्र कदम चाल्नुपर्ने स्थानीयहरूको माग छ।





