नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ रिठामा भएको बस दुर्घटनामा ९ जना घाइते
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ रिठामा भएको बस दुर्घटनामा ९ जना घाइते
थाङमिचागु डटकम संवाददाता

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ रिठामा भएको बस दुर्घटनामा ९ जना घाइते भएका छन्। काठमाडौँबाट रुकुमपश्चिमको राडीतर्फ जाँदै गरेको प्रदेश ३-००५ ख ९९६६ नम्बरको बस आज दिउँसो लगभग पौने २ बजेतिर दुर्घटना भएको हो।
घाइतेमा बस चालक धादिङका ३१ वर्षीय खड्कबहादुर तामाङ, सोही ठाउँका २८ वर्षीय भिमबहादुर भुलन, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका ९ का ३१ वर्षीय प्रकाश गौतम, वडा नम्बर ११ का १७ वर्षीय गणेश रसाइली र दोलखाको भिमेश्वर नगरपालिका ७ बस्ने अन्य व्यक्तिहरू पनि समावेश छन्।
घाइतेहरूको अवस्था र थप विवरणको लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ।





