नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
2026-08-29
Saturday, August 29, 2026
दुइवटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा ।बसका चालकको मृत्यु भएको छ भने २३ जना घाइते
दुइवटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा ।बसका चालकको मृत्यु भएको छ भने २३ जना घाइते
थाङमिचागु डटकम संवाददाता

मुग्लिङ–पोखरा सडक खण्ड अन्तर्गत बन्दीपुर–५ नयाँ पुल, तनहुँमा दुइवटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। दुर्घटनामा एक बसका चालकको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।
घटनाको थप विवरण र उद्धार कार्य जारी छ। गम्भीर घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ भने सामान्य घाइतेहरूलाई स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। दुर्घटनाको कारण अनुगमन भइरहेको छ।
यस सडक खण्डमा सावधानीपूर्वक यात्रा गर्न सबैलाई अनुरोध गरिन्छ।





