नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
बेमौसमी वर्षाले किसानहरूलाई ठूलो मारमा पारेको छ।
अन्त्य वा कात्तिकमा धान काट्ने र सुकाउने सिजनमा परेको बेमौसमी वर्षाले किसानहरूलाई ठूलो मारमा पारेको छ। यस पटकको वर्षाले विशेषगरी काठमाडौं उपत्यका, मकवानपुर, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भित्र्याउने बेलाको धानमा नोक्सानी पुर्याएको छ।
थाङमिचागु डटकम संवाददाता

बाँके, भक्तपुर, मकवानपुर र गुल्मी लगायतका जिल्लाका किसानहरूले काटेर खेतमै सुकाएको धान वर्षाले भिजाएपछि उत्पादनमा गिरावट आउने चिन्ता व्यक्त गरेका छन्।
बाँकेका किसान रामसुरत बर्माको दुई बिघा खेतको मसिनो धान काटेर सुकाउने तयारीमा रहेका बेला वर्षाले धान भिजाएर ठूलो क्षति पुर्याएको छ। बाँकेमा कृषि ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेका अनुसार, छिटो पाक्ने धान काटेर सुरक्षित गर्न थालिए पनि ढिलो पाक्ने धानमा क्षति पुगेको छ।
भक्तपुरमा पनि धान भित्र्याउने बेला ठ्याक्कै वर्षा भएपछि किसानहरूले कटेर र खेतमै सुकाइराखेको धानमा क्षति पुगेको बताएका छन्। भक्तपुरका किसान वीरेन्द्र सैँजुका अनुसार, पानीले धान ठटाउँदा धेरै धान झर्ने र त्यसलाई संकलन गर्न कठिन हुने समस्या छ। मकवानपुर र गुल्मीको पहाडी क्षेत्रमा समेत धान काटेर सुकाइराखेको बेला वर्षा हुँदा उत्पादनमा उल्लेखनीय नोक्सानी भएको छ।
कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले केही ठाउँमा क्षति भए पनि ठूलो असर परेको नदेखिएको बताए। तथापि, गण्डकी प्रदेश लगायतका क्षेत्रमा धानमा देखिएको क्षतिको यकिन विवरण संकलन भइरहेको छ।
बेमौसमी वर्षाले थुप्रै किसानलाई वर्षभरिका लागि राख्नुपर्ने खाद्यान्नमा नोक्सानी पुर्याउँदा उनीहरूको जीविकोपार्जनमा ठूलो प्रभाव परेको छ।





