अर्घाखाँचीमा देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, २० घाइते

0Shares

अर्घाखाँचीमा देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, २० घाइते

थाङमिचागु डटकम संवाददाता

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा सोमबार साँझ देउसीभैलो खेलिरहेको स्थानमा बसले ठक्कर दिंदा दुःखद घटना भएको छ। ना ३ ख २४७१ नं को बसले देउसीभैलो खेलिरहेका व्यक्तिहरूलाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएको खबर प्राप्त भएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जनाको अर्घाखाँची अस्पतालमा उपचारका क्रममा निधन भएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, बसको ब्रेक फेल भएका कारण यो दुर्घटना भएको अनुमान गरिएको छ। थप अनुसन्धान जारी छ भने घाइतेहरूको उपचारको प्रबन्ध मिलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *